गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना सङ्क्रमण पुष्टि, सङ्क्रमित १४४ पुगे

स्याङ्जा :
गण्डकी प्रदेशमा २४ जना कोरोना सङ्क्रमित थपिएका छन । गण्डकी प्रदेशमा थप २४ जनामा सङ्क्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
नयाँ थपएिकामा नवलपरासी जिल्लाका बर्दघाट सुस्तापूर्बका १२ जना, बाग्लुङका ११ जना र म्याग्दीका १ जना रहेकाछन् ।
बाग्लुङको बरेङ गाँउपालिकाका २४,२२,१८,२४,१८,४९,२३ र २७ बर्षका पुरुष गरी ८ जना र निसीखोला गाँउपालिकाका २१,२६ र २७ बर्षका ३ जना पुरुष रहेकाछन् ।
त्यस्तै नवलपरासी जिल्लाका बर्दघाट सुस्तापूर्बको बौदीकाली गाँउपालिकाका ४०,१९,३०,१८,२२,२१,१९,२२,४०,२०,१८ र ३० बर्षका पुरुष संक्रमित भएकाछन् ।
यस्तै म्याग्दीको बेनी नगरपालिकाका ४६ बर्षका पुरुष संक्रमित भएकाछन् ।
सङ्क्रमित सबै जनालाइ आइसोलेसनमा लैजाने तयारी भइरहेको स्वास्थ्य निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डाक्टर विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।
योसहित गण्डकीमा कोरोना सङ्क्रमितको संख्या १४४ पुगेको छ । ३ जना सङ्क्रमित निको भएर घर फर्किएका छन । यस्तै गण्डकी प्रदेशमा कोरोना संक्रमित १ जनाको मृत्यु भएको छ । आईतवार राती स्याङजाको वालिङ ३ का ५८ बर्षका पुरुषको पोखराको आईसोलेसनमा ज्यान गएको थियो । उनको सोमवार नै पोखरामा अन्तिम संस्कार भईसकेको छ ।

कोरोनाबाट ज्यान गुमाएका स्याङजाका व्यक्तिकाे अन्त्यष्टि चर्को विरोधकाबीच पोखरामा गरियाे

वालिङमा कोरोना संक्रमित धेरै फेला पर्नुको कारण प्रष्ट पार्दै नगर प्रमुख खाँण

.

Facebook Comments Box
TOP