कोरोनाबाट ज्यान गुमाएका स्याङजाका व्यक्तिकाे अन्त्यष्टि चर्को विरोधकाबीच पोखरामा गरियाे
पोखरा : यसै पनि मिर्गाैला रोगले गाँजेको थियो उनको शरीर । सबैभन्दा बढी मिर्गाैलाकै समस्या थियो । त्यसमाथि उनको शरीरले मधुमेह, उच्चरक्तचाप र रक्तअल्पताजस्ता रोगसँग लडिरहेकै थियो ।
भारतमा मजदुरी गर्दागर्दै लकडाउनले रोजगारी खोसिएपछि घर फर्किए । सीमा नाका सुनौली आएपछि आफ्नै नगरपालिका स्याङ्जा वालिङले ल्याइपु¥यायो । तर क्वारेन्टिनमा बस्दा झनै समस्या भयो । उपचारका लागि २२ जेठमा पोखरा ल्याइयो ।
कोरोना भाइरस रोग लागेको पुष्टि भएपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा उपचार गर्दागर्दै २५ गते आइतबार राति उनको मृत्यु भयो । बाँच्दा पनि रोगसँग लडिरहेका उनको मृत शरीरले मृत्युको अर्काे दिनभर सुख पाएन । उनको अन्तिम संस्कारका लागि पनि ठूलै सास्ती आइलाग्यो । आइतबार राति ११ बजेपछि मृत्यु भएका ५८ वर्षीय ती पुरुषको सोमबार साँझसम्म शव व्यवस्थापनको टुंगो लाग्न मुस्किल प¥यो ।
प्रदेश सरकारले बनाएको शव व्यवस्थापन कार्यविधि अनुसार शव गाड्न पोखरा महानगरपालिकाका धेरै ठाउँ खोजिए पनि स्थानीयको विरोध भयो । पोखरा ११ र २० मा सेती नदी किनारमा गाड्न खाल्डो खनिसकेपछि पनि स्थानीयले विरोध गरेपछि प्रहरी परिचालन गर्नुप¥यो ।
संक्रमितको शव एकातिर अस्पतालमै हुँदा त्यहाँ उपचार गराइरहेका अरुमा सन्त्रास फैलियो । परिवारजनलाई त्यसभन्दा ठूलो तनाव सिर्जना भयो । शव व्यवस्थापन गर्न नसक्दा स्थानीय प्रशासनले आलोचना खेप्यो । पोखरा २० भलाम र पोखरा ११ फूलबारीका स्थानीयले सेती नदी किनारम शव गाड्न अवरोध गरेपछि प्रहरीले ८ जनालाई पक्राउ नै ग¥यो ।
भीड तितरवितर पा¥यो र साँझ ६ बजेपछि मात्रै गाड्यो । नदी किनारमा खाल्डो खनेर शव गाडिएको जानकारी कास्की प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले जनाए । गण्डकी प्रदेश सरकारले चैत २५ गते नै कोरोना संक्रमितको शव व्यवस्थापन कार्यविधि बनाएको थियो । कार्यविधि अनुसारै शव व्यवस्थापनका लागि स्थानीय तह पोखरा महानगरपालिकाले ठाउँ पहिचान गरेको थियो । उसले पहिचान गरेकै ठाउँमा स्थानीयले अवरोध गरेका हुन् ।
भिडियो : वालिङमा कोरोना संक्रमित धेरै फेला पर्नुको कारण प्रष्ट पार्दै नगर प्रमुख खाँण
आफूहरुले दाहसंस्कार गर्ने ठाउँमा संक्रमितको शव नगाड्न भलाम र फूलबारीका बासिन्दाले माग गरेका थिए । अन्तिम संस्कारका लागि समेत सास्ती खेपेका ती व्यक्तिका श्रीमती र छोरीहरु पोखराकै क्वारेन्टाइनमा छन् । अन्नपूर्णपोष्ट डटकमबाट
कोरोना पुष्टी भएका वालिङका एक जनाको पाेखरामा निधन (यस्तो छ ट्राभल हिस्ट्रि)
समाचार
थप सामाग्रीभीरकोटमा सामुदायिक भवन बन्दै
२ हप्ता अगाडि
स्याङ्जा : भीरकोट नगरपालिका –१ मा बहुउदेश्यीय सामुदायिक भवन बन्ने भएको छ । क्षेत्री समाज नेपाल, भीरकोट नगर कार्यसमितिले बयरघारीमा …