गल्याङमा मौरीको गोला सहितको घार वितरण ।
वालिङ,बैशाख २७ गते ।
स्याङ्जाको गल्याङ नगरपालिकाले मौरी गोला तथा मौरी घार वितरण गरेको छ । नगरपालिकाको आर्थिक वर्ष २०८०÷०८१ को वार्षिक स्वीकृत मौरी पालन पवर्धन कार्यक्रम अन्तर्गत ५०% अनुदानमा मौरी गोला तथा मौरी घार वितरण गरिएको हो ।
नगर भित्रका मौरी पालन गर्न ईच्छुक किसानहरुको मागका आधारमा मौरी सहितको घार १३५ वटा र खाली घार ४० वटा वितरण गरिएको नगर प्रमुख गुरु प्रसाद भट्टराईले जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्दै नगरप्रमुख भट्टराईले गल्याङ नगरपालिकाका किसानहरुलाई मौरी पालन प्रति आकर्षण बढाउँदै लगिने बताउनु भयो । उहाँले भन्नुभयो,“नगरपालिका भित्र एक घर एक मौरी को घार बनाउने योजना छ ।”
नगरपालिकाले मौरी पालन सम्बन्धि तालिम दिएपछि मौरीको गोला र घार वितरण गरेको प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्माले बताउनु भयो ।


समाचार
थप सामाग्री
माग बढेसँगै कोदो खेतीतर्फ कृषकको आकर्षण बढ्यो
३ दिन अगाडि
राधाकृष्ण डुम्रे/स्याङ्जा : मौसम सफा भएसँगै स्याङ्जाका किसानहरूले कोदो भित्र्याउन व्यस्त भएका छन् । निरन्तरको वर्षा रोकिएपछि पछिल्लो एक हप्तामा…


