सुन्तला जोन स्याङ्जाका कार्य समितिको सपथ तथा पदस्थापन

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना परियोजना कार्यन्वयन इकाई अन्तर्गत सुन्तला सुपर जोन स्याङ्जाको गत शनिवार सम्पन्न अधिवेशनवाट निर्वाचित पदाधिकारी सहित सदस्यहरूको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।
अधिवेशनवाट अध्यक्षमा वोधराज अर्याल र सदस्यहरूमा तिरमाया गुरूङ, शालिग्राम अर्याल, लक्ष्मी प्रसाद बराल, हिमकला शर्मा, सुरेन्द्रप्रसाद रेग्मी, दिलबहादुर राना, हुमनाथ लामिछाने र खिमा शर्मा निर्वाचित भएका थिए ।
सुन्तला उत्पादनको हिसावले प्रख्यात स्याङ्जा जिल्लामा यस कार्यसमितिको अवधि दुई वर्षको रहने छ ।
कार्यक्रममा पुतलीवजार नगरपालिकाका प्रमुख तुलसीराम रेग्मीले स्याङ्जा सुन्तला उत्पादनको हिसावले अव्वल रहेको स्याङ्जामा जिल्लाकै मुख्य आम्दानी रहेको सुन्तला उत्पादन वढाउन यो कार्यसमितिले थप योजना गराउने विश्वास लिएको वताउनु भयाे । भण्डारणको अभावमा कृषकहरूले थप आम्दानी लिन नसकेको वताउदै हाल सन्चालनमा रहेको भण्डारणको समस्या पहिचान गरेर भण्डारणको व्यवस्था मिलाउन समितिको चासो रहनु पर्नेमा जाेड दिनुभयाे ।
स्याङ्जामा प्रशस्त वाँझो जमिन रहेको हुँदा सुन्तला उत्पादन हुनसक्ने जमिनको पहिचान गरेर सुन्तला क्षेत्र विस्तार गर्न समेत सुझाव दिनुभयाे ।
सपथ ग्रहण समारोहमा नेपाल पत्रकार महासंघका अध्यक्ष श्रीकृष्ण सिग्देलले हाल स्याङ्जामा वन डडेलोका कारण विपत्तीमा परेका कृषकलाई राहत पुग्ने कार्यक्रम ल्याउन आग्रह गर्नु भयाे ।
कार्यक्रम सुन्तला जोनका निवर्तमान अध्यक्ष तारा अर्यालको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रममा सुपरजोनका विषयमा निमित्त प्रमुख इन्द्र सुवेदीले जानकारी दिनुभएकाे थियाे ।
समाचार
थप सामाग्री-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
-
वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
-
गरिमा विकास वैकद्वारा वालिङ क्याम्पसमा वित्तीय साक्षरता कक्षा

हुम कुमारी मल्लको पुण्य तिथिमा सहयोग सामग्री हस्तान्तरण
१ हप्ता अगाडि
स्याङ्जा : समाजसेवी क्या. चित्र बहादुर मल्लले आफ्नी धर्मपत्नी स्व. हुम कुमारी मल्लको ४५ दिनकाे पुण्य तिथिको अवसरमा अपांगता भएका…