‘ट्यालेन्ट शो’मार्फत गल्याङका विद्यार्थीले देखाए आ-आफ्ना प्रतिभा ।

गल्याङ :
गल्याङ नगरपालिकाले विद्यार्थी केन्द्रीत गल्याङ ‘ट्यालेण्ट शो’ कार्यक्रम सम्पन्न गरेको छ । नगरपालिकाले दोश्रो पटक गल्याङ ट्यालेण्ट शो कार्यक्रम सञ्चालन गरेको हो । कार्यक्रममा नगरपालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्दै नगरप्रमुख गुरुप्रसाद भट्टराईले विधार्थीहरुमा रहेको अन्तरनिहित क्षमता,प्रतिभाहरुको प्रस्फुटन गराउन कार्यक्रम गरिएको बताउनुभयो । विधार्थीहरु लाई कितावी ज्ञान सँगै अतिरिक्त क्रियाकलापमा जोड दिनु पर्ने उहाँको भनाई छ । गल्याङको शिक्षालाई थप उत्कृष्ट बनाउन आफूहरु सक्रिय रहेको भन्दै नगरप्रमुख भट्टराईले शिक्षाको गुणस्तर सुधार गर्न सवैले योगदान दिनु पर्ने बताउनु भयो ।
दोस्रो गल्याङ ट्यालेन्ट सो २०८१ कार्यक्रम अन्तर्गत एकल पठन सीप प्रतियोगिता नेपाली(३–५),एकल पठन सीप प्रतियोगिता अग्रेंजी (३–५),हस्तलेखन प्रतियोगिता अग्रेजी(६–८),हस्तलेखन प्रतियोगिता नेपाली (३–५),चित्रकला प्रतियोगिता (४–८),वक्तृत्वकला प्रतियोगिता (८–१२),कविता लेखन तथा बाचन प्रतियोगिता (८–१२),एकल हाजिरी जवाफ प्रतियोगिता (८–१२),एकल गायन प्रतियोगिता (८–१२) प्रतियोगिता हरु सम्पन्न भएका हुन् ।
समाचार
थप सामाग्री
प्रेस चौतारी स्याङ्जाको अध्यक्षमा अर्याल
१ हप्ता अगाडि
स्याङ्जा : प्रेस चौतारी नेपाल स्याङ्जाको अध्यक्षमा मणीप्रसाद अर्याल चयन हुनु भएकाे छ। बुधबार सम्पन्न छैठौं जिल्ला अधिवेशनले अर्यालको नेतृत्वमा…