वालिङमा मेलमिलाप कर्ताको लागि एक दिवशीय प्रशिक्षण
मणी प्रसाद अर्याल/ वालिङ :
स्याङ्जाको वालिङमा मेलमिलाप कर्ताहरुका लागि एक दिवशीय प्रशिक्षण कार्यक्रम गरिएको छ । वालिङ नगरपालिकाको आयोजनामा मेलमिलाप कर्ताहरुका लागि एक दिवशीय प्रशिक्षण कार्यक्रम आज सोमबार गरिएको हो ।
कार्यक्रमको शुभारम्भ गर्दै स्याङ्जा जिल्ला न्यायाधिश माननीय वासुदेव पौडेलले मेलमिलाप पुण्यको काम भएको बताउनुभयो । जिल्ला न्यायाधिश पौडेलले मेलमिलापको काम पूण्यको काम भएकाले राम्रोसँग निरुपण गरेर जान मेलमिलाप कर्ताहरुलाई अनुरोध गर्नुभयो । गत हप्ता आँखिोला गाउँपालिकाबाट सुरु गरेको यात्रा आज वालिङ आएको बताउँदै जिल्ला न्यायाधिश पौडेलले नगरपालिकाले यति धेरै मेलमिलाप कर्ता उत्पादन गरेको छ, अवस्य पनि न्यायीक सेवा प्रभावकारी बन्ने ंव्यक्त गर्नुभयो । वालिङ विवाद हुने पालिकामा पर्ने उल्लेख गर्दै उहाँले आगामी दिनमा जिल्लामा आउने मुद्दा न्यून हुने विश्वास व्यक्त गर्नुभयो । न्यायिक कार्य सुत्रवत नहुने भन्दै जिल्ला न्यायाधिश पौडेलले के कस्तो रुपमा आउँछ त्यही अनुरुप निरुपण गर्नुपर्ने उल्लेख गर्नुभयो ।

न्यायीक समितिकि संयोजक एवम् वालिङ नगर उपप्रमुख कविता तिवारी गैह्रेले गतवर्ष पालिकामा भएका न्यायीक गतिविधिसहित कार्यक्रमको जानकारी गराउनु भएको थियो । आर्थिकवर्ष २०८०/०८१ मा जम्मा ६६ वटा मुद्दा आएको उपप्रमुख गैहे«ले बताउनुभयो । उपप्रमुख गैहे«का अनुसार ३४ वटा मुद्दा नगरपालिकामा र ३२ वटा वडाहरुमा मेलमिलाप कर्ताहरुकाबीचमा आएको थियो । यसमध्ये ३ वटा मुद्दा अदालत पठाइएको र बाँकि नगरपालिका तथा मेलमिलापकर्ताहरुबाट निरुपण गरिएको छ । नगरपालिकाका १४ वटै वडामा गरी १ सय १ जना मेलमिलाप कर्ता छन् । सबै मेलमिलापकर्ताहरुलाई कालो कोट प्रदान गरिएको छ भने वडा नम्वर ७ का हुमाकान्त रेग्मी र १४ का लुकामाया पाठकलाई उत्कृष्ट काम गरे वापत प्रशँसा पत्रले सम्मान गरिएको छ ।
कार्यक्रमको समापन गर्दै नगरप्रमुख कृष्ण खाँणले स्थानीयतहले न्यायीक सेवाको काम गर्न पाउनु राम्रो अवसर भएको बताउनुभयो । यो अवसरको सदुपयोग गर्दै नगरप्रमुख खाँणले न्याय नपाए वालिङ जानु भन्ने सन्देश दिने उल्लेख गर्नुभयो । आज प्रदान गरिएको कोटको सम्मान गर्दै मेलमिलापकर्ताहरुले चुस्त दुरुस्त न्यायीक सेवा दिने विश्वास नगरप्रमुख खाँणले व्यक्त गर्नुभयो ।

समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


