पुतलीबजारका महिला संजाललाई क्षमता विकास तालिम
स्याङ्जा :
पुतलीबजार नगरपालिकाले वडास्तरीय महिला संजालका पदाधिकारीलाई क्षमता विकास तालिम दिएको छ । नगरपालिकाले महिला सशक्तिकरणका लागि छुट्टाएको बजेटबाट वडास्तरीय महिला संजालका पदाधिकारीहरुलाई ४ दिने क्षमता विकास सम्वन्धी तालिम दिएको हो । गएको आर्थिक बर्षको अन्त्यतिर नगरपालिकाले वडास्तरका महिला संयोजकहरुको राय, सुझाव लिएको थियो । उक्त राय र सुझावका आधारमा महिलाहरुलाई क्षमता विकास सम्वन्धी तालिम दिन लागिएको पुतलीबजार नगर उपप्रमुख देवी अर्यालले जानकारी दिनुभयो ।
हामीलाई पहिला सकरात्मक सोचका लागि क्षमता विकास तालिम दिनुप¥यो भन्ने सुझाव महिलाहरुको आयो उपप्रमुख अर्यालले भन्नुभयो,‘महिलाको क्षमतामा विकास भएमात्रै वडा, नगर र जिल्ला समृद्ध बन्न टेवा मिल्छ ।’ महिला जागरुक नहुँदा धेरै अधिकारका बिषय सगै विकासका कार्यहरु समेत प्रभावित भएका छन् उहाँले भन्नुभयो । पहिलो चरण नगरपालिकाले नगरभित्रका झण्डै ६५ जना अगुवा महिलाहरुलाई क्षमता विकास तालिममा सहभागी गराएको उहाँले बताउनु भयो ।
तालिममा सहभागी भएका महिलाहरुले वडातहका महिलाहरुलाई प्रशिक्षित गर्नेछन् उपप्रमुख अर्यालले भन्नुभयो,“सबै महिलामा क्षमता विकास भएपछि आयाआर्जनमा जोड्ने छौं ।’ सकरात्मक सोच भएपछि महिलाहरु आफै आयआर्जनको बाटो अपनाउने विश्वास नगरपालिकाले लिएको छ ।” शुक्रवारबाट शुरु भएको यो तालिम ४ दिनसम्म चल्ने नगरपालिकाले जनाएको छ । तालिममा सहभागी महिलाहरुलाई नगर प्रमुख तुलसीराम रेग्मीले तालिमको भरपुर उपयोग गर्न सुझाउनु भयो । टोल—टोलमा पुगेर महिलाहरुलाई कानुनी अधिकार, क्षमता विकास सम्वन्धी प्रशिक्षण दिन नगर प्रमुख रेग्मीले आग्रह गर्नुभयो । पुतलीबजार नगरपालिका महिलामैत्री नगरपालिका रहेका बताउदै नगर प्रमुख रेग्मीले आफ्ना अधिकार र मागलाई ढुक्कसगँ माग्न समेत आग्रह गर्नुभयो ।
तालिमको पहिलो दिन प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले सशक्तिकरण र महिला सशक्तिकरणका बिषयमा सहजीकरण गर्नु भएको थियो । जिल्ला अस्पतालका ओसिएमपी संयोजक गीता न्यौपानेले अस्पतालको सेवा सुविधाका बारेमा सहजीकरण गर्नुभयो । ४ दिनसम्म चल्ने तालिममा जिल्ला सरकारी वकिल कार्यालयका श्रीकला पौडेल, रेडियो स्याङ्जाका प्रवन्धक रमेश गोदार र नगरपालिकाका महिला बालवालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख ठगी कुमारी खनालले सहजिकारण गर्नेछन् ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


