स्याङ्जामा निशुल्क दन्त तथा स्वास्थ्य शिविर सम्पन्न ।
राधाकृष्ण डुम्रे/स्याङ्जा :
स्याङ्जामा निशुल्क दन्त तथा स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
रोटरी क्लब अफ नक्साल शक्ति पोखराको आयोजनामा भएको शिविरमा गण्डकी मेडिकल कलेज तथा शिक्षण अस्पताल पोखराको प्राविधिक सहयोग र स्थानीय स्मृति युवा क्लवको सहकार्य रहेको थियो ।
एक दिने निशुल्क बृहत दन्त तथा स्वास्थ्य परिक्षण शिविरबाट गाउँमा नै दाँत सम्वन्धी सेवा लिन पाएको भन्दै स्थानीयहरु खुसी भएकाछन् ।
गाउँगाउँमा पुगेर सहज रुपमा स्वास्थ्य परीक्षण गर्ने आफूहरुको अभियान रहेको रोटरी क्लबका संस्थापक अध्यक्ष डा लुना शर्मा अर्यालले बताउनु भयो । स्वास्थ्य सेवाको सहज पहुँच नपुगेको ठाउँमा आफूहरुले नियमित रुपमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको डाक्टर अर्यालको भनाई छ ।
दाँतसँगै सम्पूर्ण स्वास्थ्यको बारेमा नागरिक सचेत हुनु पर्ने भन्दै डा अर्यालले स्वस्थ रहँदा मात्रै उत्पादनशील बन्न सकिने स्पष्ट पार्नु भयो । गण्डकी मेडिकल कलेज र स्याङ्जाका स्थानीय समुदायबीचको सहकार्य निरन्तर रहेको भन्दै अर्यालले गाउँगाउँमा सञ्चालन हुने शिविरलाई निरन्तरता दिईने बताउँनु भयो ।

नियमित रुपमा शिविर सञ्चालन गरिदिन आग्रह गर्नुहुँदै पुतलीबजार नगरपालिकाका मेयर तुलसीराम रेग्मीले पालिकाले आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो,“हामी रोटरी र जिएमसिसँग मिलेर गाउँ गाउँमा स्वास्थ्य शिविर सञ्चालन गर्न चाहान्छौं ।” निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेकोमा आयोजकलाई प्रमुख रेग्मीले धन्यवाद दिनुभयो ।
शिविरमा पुतलीबजार नगरपालिका उपमेयर देवी अर्याल, नगरपालिकाका वडा नं १३ का अध्यक्ष जुद्धबहादुर राना लगायतले बोलेका थिए ।
रोटरी क्लब अफ नक्साल शक्तिका पब्लिक इमेज चेयर तथा गण्डकी मेडिकल कलेजका सहप्राध्यापक डा नुवादत्त सुवेदीले दाँत तथा समग्र स्वास्थ्यको महत्वका बारेमा बोल्नु भएको थियो ।
गण्डकी मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत डा रवीन्द्रप्रसाद श्रेष्ठले गण्डकी मेडिकल कलेज नगरपालिका र स्वास्थ्य महाशाखासँग सहकार्य गर्न सधैं तत्पर रहेको जानकारी दिनुभयो । उहाँले कलेजले प्रदान गर्ने सेवाका बारेमा पनि प्रकाश पार्दै डेन्टल कलेजमा विभिन्न विशेष विभागहरु रहेको जानकारी दिनुभयो । शिविरमा सबै उपचार गर्न नसकिने भएकाले शिविरबाट रिफर हुने बिरामीलाई कलेजले बिसेष छुट दिने पनि उहाँले प्रतिबद्धता जनाउनुभयो ।

क्लबका सर्भिस प्रोजेक्ट चेयर डा उज्ज्वल कोइरालाले गाउँका नागरिकलाई सहज रुपमा स्वास्थ्य सेवा प्रवाह गर्न पाउँदा आफूहरुलाई सन्तुष्टी मिलेको बताउनु भयो ।
स्वास्थ्य सिविरको स्थानीय व्यवस्थापन स्मृति युवा क्लबले गरेको थियो। साथै पुतलीबजार नगरपालिका, सातुपसल स्वास्थ्य चौकी, सक्षम आमा समुह, लाम्पाटा बजार समिति लगायतले स्थानिय सहयोग गरेका थिए।
सिविरको व्यवस्थापन रोटरी क्लब अफ नक्साल शक्तिका कोषाध्यक्ष रोटेरियन कृष्ण पौडेलले गर्नुभएको थियो । कार्यक्रम संचालन स्मृती युवा क्लब लाम्पाटा का सचिव मीनप्रसाद अर्यालले गर्नुभएको थियो ।
शिविरमा दुई सय ५३ जनाको स्वास्थ्य परीक्षण गरिएकोमा एक सय २० जनाको दाँत निकालिएको कोषाध्यक्ष पौडेलले जानकारी दिनुभयो ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


