जुनियर तथा युवा रेडक्रस स्याङ्जाकाे ३४औँ जिल्ला स्तरीय गोष्ठी ।

स्याङ्जा :
नेपाल जुनियर तथा युवा रेडक्रस सर्कल स्याङ्जा र शिक्षक नायकको ३४औँ जिल्ला स्तरीयगोष्ठी कालीगण्डकी गाउँपालिका २ स्थित आर्दश मावि लसर्घावेसीमा सम्पन्न भएको छ । गोष्ठीको समापन गर्दै कालीगण्डकी गाउँपालिका अध्यक्ष खिम बहादुर थापाले जुनियर तथा युवा रेडक्रस सोसाईटीमा आवद्ध भई हुर्कने विद्यार्थीले भविष्यमा समाज निर्माणका लागि एक कुशल तथा सांस्कारिक नेतृत्व प्रदान गर्न सक्ने बताउनुभयो । नेपाल रेडक्रस सोसाईटी स्याङ्जाको स्याङ्जाको आयोजना र रेडक्रस सर्कल आर्दश माविको आतिथ्यतामा सम्पन्न गोष्ठीमा जिल्लाभरीका ६६ विद्यालयका एक एक शिक्षक नायक र दुई दुई छात्रछात्रा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
गोष्ठीमा रेडक्रसका विषयमा जुनियर युवा रेडक्रसका जिल्ला संयोजक विष्णु सुवेदी गैह्रेले विपद व्यवस्थापनका विषयमा, इन्सपेक्टर देवराज मल्लले लागूऔषध सम्बन्धी, सई यमनाथ बगालेले ट्राफिक नियम पालना सम्बन्धमा, असई कुमार शर्माले मनोसामाजिक सहयोगका विषयमा सहजीकरण गर्नुभएको थियो भने विज्ञ प्रदिप सुवेदी र चिज आलेले समेत प्रशिक्षण प्रदान गर्नुभएको थियो ।
दुई दिने गोष्ठीबाट हरेक विपदजन्य मानव सेवामा लाग्न, अभिप्रेरित गरेको सहभागीले बताएका थिए । कार्यक्रम आर्दश माविका जुनियर रेडक्रस सर्कलका अध्यक्ष आरती आलेको अध्यक्षतामा सम्पन्न भएको थियो भने संचालन शिक्षक नायक नारायणप्रसाद न्यौपानेले गर्नुभएको थियो ।
गोष्ठीको उद्दघाटन गाउँपालिकाका उपाध्यक्ष सावित्रा कोईरालले गर्नुभएको थियो । उद्दघाटनका क्रममा उपाध्यक्ष कोईरालाले रेडक्रसले बालमनोविज्ञानमा मानवीय सेवाको छाप पार्ने भन्दै बालबालिकाको शैक्षिक उन्नयनमा रेडक्रसको अधिक महत्व रहेको बताउनुभयो ।
नेपाल रेडक्रस सोसाईटी स्याङ्जा शाखाका सभापति दिनेश अर्यालले रेडक्रसका सात सिद्धान्तलाई आत्मसाथ गर्ने हरेक व्यक्तिलाई आत्मानुशासनले बाध्ने र मानवीय सेवाभाव विकास भई सुशासनमा टेवा पुग्ने बताउनुभयो ।
गाोष्ठिमा आगामी वर्षका लागि गरीने विभिन्न कार्यक्रमहरु तय गरेकाे जुनियर युवा रेडक्रसका जिल्ला संयोजक गैह्रेले बताउनु भयाे । जुनियर तथा युवा रेडक्रस सर्कल स्याङ्जा र शिक्षक नायकको ३५औं गोष्ठि वालिङ नगरपािलका-९ स्थित वालिङ बहुमुखी क्याम्पसमा सम्पन्न गर्ने निर्णय सहित को घोषणापत्र पारित गरिएको उहाँकाे भनाइृ छ ।
समाचार
थप सामाग्री
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
१ महिना अगाडि
पोखराको लेकसाइड क्षेत्रमा आयोजना हुने भनिएको ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञ २०८२ को स्थान परिवर्तन भएको छ । लेकसाइड क्षेत्रमा…