स्याङ्जाका पत्रकार शर्मालाई ‘प्रेस स्वतन्त्रता सेनानी’को सम्मान
स्याङ्जा :
नेपाल पत्रकार महासंघ स्याङ्जाका निवर्तमान अध्यक्ष ओमप्रकाश शर्मा सम्मानित हुनु भएको छ ।
नेपाल पत्रकार महासंघको २७ औं महाधिवेशनका अवसरमा शुक्रवार काठमाण्डौंमा आयोजित कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानीका रुपमा शर्मालाई सम्मान गरिएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उहाँलाई सम्मान गर्नुभएको हो ।
चार दशकभन्दा बढीदेखि स्याङ्जा जिल्लालाई कर्मथलो बनाएर पत्रकारिता गर्दे आउनु भएका शर्मासंग विस २०३७ सालदेखि नवज्योती हुदै राष्ट्रपुकार, देशान्तर हुदै कान्तिपुर, गोरखापत्र, नेपाल टेलिभिजन लगायका बिभिन्न राष्ट्रिय दैनिक पत्रपत्रिकामा काम गरिसक्नु भएको अनुभव छ ।
यसअघि पनि दर्जनौं पुरस्कार र सम्मानबाट सम्मानित भैसक्नु भएका शर्मा हाल स्याङ्जा सन्देश साप्ताहिक पत्रिकाका र स्याङ्जा सन्देश अनलाईनका सम्पादक हुनुहुन्छ ।
“मर्यादित पत्रकारिता,सुरक्षीत पत्रकार,श्रम अधिकार र प्रेस स्वतन्त्रता,हाम्रो सरोकार” भन्ने नारा सहित काठमाडौको सभागृहमा संचालित महाधिवेशन बैशाख २२ गते शनिवार सम्म चल्नेछ ।

समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


