सहकारी ठगीमा संसदीय छानबिन समिति गठनको माग गर्दै नेविसङ्घको प्रदर्शन ।
काठमाण्डौ:
सहकारी ठगी प्रकरणमा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठनको माग गर्दै नेपाली कांग्रेसको भातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घले प्रदर्शन गरेको छ ।
नेविसङ्घका कार्यकर्ताले आज बिहान त्रिचन्द्र क्याम्पस अगाडि प्रदर्शन गरेका हुन् । उनीहरूले पीडितलाई न्याय दिनुपर्ने माग गरेका छन् । हातमा पोस्टरसहित प्रदर्शनमा सहभागी भएकाहरूले गृहमन्त्रीविरुद्ध चर्को नाराबाजी पनि गरेका छन् ।
यसअघि हिजो कांग्रेस भातृ सङ्गठन महिला सङ्घले सहकारी ठगी प्रकरणमा गृहमन्त्रीमाथि छानबिनको माग गर्दै प्रदर्शन गरेको थियो ।
नेपाली कांग्रेसले यस प्रकरणमा गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिन समितिको माग गर्दै संसद् अवरुद्ध गर्दै आएको छ ।
समाचार
थप सामाग्री
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न, नवप्रवेशी शिक्षकलाई प्रमाणपत्र
२ हप्ता अगाडि
वालिङ : वालिङ नगरपालिकाले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तथा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक मेन्टरिङ कार्यक्रम…


