कांग्रेस उपसभापति गुरुङद्वारा अग्नि प्रभावितलाई आर्थिक सहयोग ।
वालिङ :
नेपाली कांग्रेसका केन्द्रीय उपसभापति एवं पूर्वमन्त्री धनराज गुरुङले अग्नि प्रभावित क्षेत्रको निरीक्षण गर्नु भएकाे छ ।
उपसभापति गुरुङले स्याङ्जाको चापाकोट नगरपालिका–१ का मैदान र बीरडाँडाका अग्निपीडित पाँच घरपरिवारका अवस्था बुझ्नुका साथै आर्थिक सहयोग गर्नु भएकाे हाे ।
आगलागीका कारणघरबार विहीन भएका जनताको घरमा पुगेर पूर्वमन्त्री गुरुङले प्रतिपरिवार रु १० हजारका दरले आर्थिक सहयोग गर्नु भएकाे हाे । “घरवारविहीन भएका नागरिकको अवस्था बुझ्नका लागि घरदैलोमा आएको हुँँ”, उहाँले भन्नुभयाे, “जनताको सुख दुःखमा जनप्रतिनिधिसँगै भएको महसुस दिलाउन अग्नि प्रभावित गाउँमा पुगेको हुँ, पहिलो चरणमा मैले पाउने मासिक पारिश्रमिकबाट सानो रकम सहयोग गरेको छु ।”
अग्नि प्रभावित मैदान र बीरडाँडाका पाँच घर आगोका कारण पूर्णरुपमा क्षति भएको थाहा पाएपछि नागरिकलाई सान्त्वना प्रदान गर्न र आगामी योजना बनाउने उद्देश्यसहित प्रभावित गाउँको स्थलगत अवलोकन गरेकाे उहाँकाे भनाइ छ ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


