पूर्वसांसद रेग्मीको निधन
वालिङ,जेठ १ गते ।
नेपाली कांग्रेस स्याङ्जाका पूर्वसभापति एवं पूर्वसांसद खगेन्द्रराज रेग्मीको ७५ बर्षको उमेरमा निधन भएको छ । रेग्मीको मंगलबार बिहान आफ्नै घर स्याङ्जाको भीरकोट नगरपालिका–७ मा निधन भएको हो ।
रेग्मी २०५८ सालमा राष्ट्रिय सभाका पूर्वसदस्य बन्नु भएको थियो । उहाँको शव अन्तिम श्रद्धाञ्जलिका लागि बिहान ११ बजे पार्टी कार्यालय स्याङ्जामा राखिने कांग्रेस स्याङ्जाका सचिव दामोदर लम्सालले जानकारी दिनुभयो ।
तेईस बर्ष शिक्षण पेसामा रहनु भएका रेग्मी २०५८ माघ २७ गते माओवादीले गोली हानी घाइते बनाएका थिए । पटक पटक गरी पाँच बर्ष जेल बस्नु भएको थियो । कांग्रेस स्याङ्जाको तीन पटक सभापति बन्नु भएका रेग्मी लामो समय संगठन विस्तार र पन्चायती व्यवस्थाको विरुद्ध संघर्ष गर्नु भएको थियो ।
उहाँको ‘मेरो जीवनयात्रा यातना पीडाको कथा’ आत्मकथा प्रकाशित छ । उहाँको आजै रामनदी धाम राम्दीमा अन्तिम संस्कार गरिने नेपाली कांग्रेस भीरकोटका सभापति याम प्रसाद अधिकारी (लक्ष्मण)ले जानकारी दिनुभयो । उहाँ लामो समय देखि मुखको क्यान्सरको विरामी हुनुहुन्थ्यो ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


