झोला बनाउने तालिम लिएकालाई मेसिन तथा कपडा हस्तान्तरण
वालिङ :
भीरकोट नगरपालिकाले झोला बनाउने तालीम लिएकाहरुका लागि मेसिन र झोला बनाउनका लागि कपडा वितरण गरेको छ । गण्डकी प्रदेश मुख्य मन्त्री नवप्रवर्तन कार्यक्रम अन्तरगत प्लाष्टिकमुक्त नगरपालिका बनाउने याेजना अनसुरा किनमेला झोला सिलाई कटाई तालिम लिएका सहभागिलाई मेसिन तथा कपडा वितरण गरिएको हो । नगरपालिकाले बैसाख १८ देखि २४ गतेसम्म झोला सिलाईकटाई तालिम प्रदान गरेको थियो ।
१४ हजार झोला बन्ने कपडा र २० ओटा मेसिन हस्तान्तरण गरिएको हो । ९ वटा वडा रहेको नगरपालिकामा वडा नं. ३ र ८ मा ३ जनाका दरले र अन्य ७ वटा वडामा २ जनाका दरले सहभागि भएकाहरुलाई गरी २० ओटा मेसिन हस्तान्तरण गरिएको हो । हस्तान्तरण कार्यक्रममा नगरप्रमुख गोविन्दकुमार कर्माचार्यले प्लाष्टिक मुक्त नगर बनाउने अभियप्रायले यो कार्यक्रम गरिएको भन्दै प्लाष्टिकका कारण बजार कुरुप हुने, वातावरणमा समेत असर गर्ने बताउनुभयो । वातावरण मैत्रीझोलाको प्रयोगमा जोड दिईने भएकाले नगरपालिकाले प्रत्येक घरमा वातावरणमैत्रि झोला वितरण गर्ने नगरप्रमुख कर्माचार्यले बताउनुभयो । कार्यक्रममा उपप्रमुख भगवती अर्याल, प्रमुख प्रशासकीय अधिकृत धर्मराज ढुंगानालगायत जनप्रतिनिधि तथा कर्मचारीहरुको सहभागिता थियो ।
Facebook Comments Box
समाचार
थप सामाग्रीगल्याङ प्रिमियर लिग क्रिकेट : गल्याङ ईगल्स र गल्याङ ब्लास्टर फाईनलमा ।
४ दिन अगाडि
वालिङ : स्याङजाको गल्याङमा सञ्चालित ‘गल्याङ प्रिमियर लिग क्रिकेट प्रतियोगिता’ (जिपिएल) को फाईनलमा गल्याङ ईगल्स र गल्याङ ब्लास्टर प्रतिस्पर्धा गर्ने…