स्याङ्जाका पत्रकार न्यौपाने सम्मानित

स्याङजा :
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत परियोजना कार्यान्वयन इकाई सुन्तला सुपरजोन सन्चालन समन्वय समिति स्याङ्जाले चौथो अधिवेशन कार्यक्रममा स्याङ्जाको कृषि क्षेत्रमा रहेर सुन्तला उत्पादनका विषयमा कलम चलाउने एकजना पत्रकारलाई सम्मान तथा पुरस्कृत गरेको छ । नेपाल टेलिभिजनका स्याङ्जा सम्बाददाता हिमाल न्यौपाने लाई नगद तथा सम्मानपत्रले समितिका अध्यक्ष तारा अर्याल र कार्यक्रमका प्रमुख अथिति जिल्ला समन्वय समिति स्याङ्जाका प्रमुख श्रीप्रसाद जिटीले सम्मान गरेका हुन् ।

स्याङ्जालाई सुन्तलाको जिल्ला भनेर चिनाउने भूमिका पत्रकारहरुको रहेको भन्दै समितिले चौथो अधिवेसनमा न्यौपानेलाई सम्मान गरेको आयोजकले जनाएको छ । नेपाल पत्रकार महासंघको सिफारिसमा समितिले बुधबार न्यौपानेलाई सम्मान गरिएको हो । कृषि टेलिभिजनबाट पत्रकारिता शुरु गरेका न्यौपाने झण्डै तीनबर्ष देखी नेपाल टेलिभिजनमा काम गर्दै आएका छन् । जिल्लाको कृषि, विकास र पर्यटनको क्षेत्रमा कलम चलाउदै आएका न्यौपनेले सुन्तलाको बिषयमा समेत कलम चलाउदै आएको आधारमा उनलाई पुरस्कृत गरिएको थियो । पछिल्लो समय सुन्तलालाई राष्ट्रिय फलको रूपमा समेत नेपाल सरकारले घोषण गरेको छ ।

Facebook Comments Box
TOP