बिरुवामा महिलाहरुका लागि ढाका बुनाई तालिम
वालिङ :
स्याङ्जाको बिरुवा गाउँपालिकाले महिलाहरुका लागि ढाका बुनाई तालिम सञ्चालन गरेको छ । “सीप सिकौं, उद्यमी बनौं” भन्ने मूल नारा सहित उपाध्यक्ष उद्यम विकास कार्यक्रम अन्तर्गत महिलाहरुका लागि ढाका बुनाई तालिम सञ्चालन गरिएको हो । २०८० चैत्र २७ देखि गाउँपालिकाद्वारा सञ्चालन गरिएको दुई महिने तालिममा १६ जना महिलाहरु ढाका बुन्ने सीप सिकाईमा सहभागी छन् ।
“समृद्ध बिरुवा सुखी बिरुवाबासी” को मूल नारासहित अगाडि बढेको गाउँपालिकाले सीप सिकाईसहित रोजगार सिर्जना सम्बन्धी बिभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । गरिवी निवारण कार्यक्रम अन्तर्गत लघु उद्यम विकासका लागि चप्पल बनाउने १० दिने तालिम चैत्र महिनामा सम्पन्न भएको र अहिले ढाका बुनाई तालिम सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष सूर्य बहादुर कुँवरले जानकारी दिनुभयो ।
यस अघि वडा नम्वर १ को बिरुवामा चप्पल बनाउने र वडा नम्वर ८ को मेथा भुरुङमा ढाका बुनाई तालिम सञ्चालन गरिसकिएको गाउँपालिकाले जनाएको छ । गाउँ क्षेत्रको मेथा भुरुङमा र अहिले बजार क्षेत्रलाई समेटेर सीप सिकाईसहित आत्मनिर्भर बनाउने उद्देश्यले ढाका बुनाई तालिम सञ्चालन गरिएको गाउँपालिका रोजगार शाखा संयोजक खेम मरासिनीले जानकारी दिनुभयो । उत्साहकासाथ तालिममा सहभागी भएकाले सीप सिकाईसहित व्यवसायी बन्ने विश्वास गाउँपालिकाले लिएको संयोजक मरासिनीको भनाई छ ।
स्थानीयस्तरमै व्यवसायी बनी आय आर्जनमा लाग्न सकून भनेर महिलाहरुका लागि चप्पल बनाउने र ढाका बुनाईलगायतका तालीमहरु सञ्चालनलाई महत्व दिइएको गाउँपालिकाले जनाएको छ ।
Facebook Comments Box
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


