गण्डकी प्रदेश : कोरोना सङ्क्रमितको संख्या १४५ पुग्यो ।


स्याङ्जा :
गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १४५ पुगेको छ । आज १ जनामा संक्रमण देखिएकोे प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
नयाँ थपएिकामा नवलपरासी जिल्लाको देबचुली नगरपालिका ठेगाना भई सोही पालिकाको क्वारेन्टीनमा बस्दै आएका ४० बर्षका १ पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डाक्टर विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।
गण्डकी प्रदेशमा ३ जना सङ्क्रमित निको भएर घर फर्किएका छन । यस्तै कोरोना संक्रमित १ जनाको मृत्यु भएको छ । स्याङजाको वालिङ ३ का ५८ बर्षका पुरुषको पोखरामा मृत्यु भएको निर्देशनालयले जनाएको छ ।

Facebook Comments Box
TOP