पहिरोमा परि ज्यान गुमाएका ९ जनाको सामूहिक अन्त्यष्टी, आफन्तले दिए दागबत्ती ।

dahasamskar_kaligandaki-1

गंगाधर खनाल/स्याङ्जा :
पहिरोमा पुरिएर ज्यान गुमाएका एकै घरका आठ जना सहित नौं जनाको रामनदी धाम (राम्दी)मा बिहीबार साँझ सामूहिक दाहसंस्कार गरिएको छ ।
स्याङ्जा र पाल्पाको संगमस्थल रामनदीधामस्थित कालीगण्डकी नदी किनारमा उनीहरुको सामूहिक दाहसंस्कार गरिएको स्थानीय समाजसेवी राजु कुँवरले जानकारी दिनुभयो ।
नौं जनालाई आठवटा छुट्टाछुट्टै चिता बनाइएको थियो । ६ महिनाका बालकलाई १९ वर्षीया आमा बिनिता नेपालीसँगै एउटै चितामा राखेर दाहसंस्कार गरिएको समाजसेवी कुवँरले जानकारी दिनुभयो ।
सबैजना एकैघरका भएकाले दागबत्ती दिने परिवार भित्रैको कोही पनि नभएपछि माया नेपालीका देवर जीबलाल नेपालीले सबै जनालाई दागबत्ती दिनु भएको कुँवरले बताउनु भयो । उहाँका अनुशार भारतमा रहेका मायाका माईलो छोरा नेपालका लागि हिडिसक्नु भएको छ ।
पहिरोमा पुरिएर जीवितै उद्धार गरिएकी १७ वर्षीया मनिषा नेपालीको पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।
मनिषाको सम्पूर्ण उपचार खर्च वालिङ नगरपालिकाले जिम्मा लिने वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले बताईसक्नु भएको छ ।

भिडियाे : स्याङ्जा-एउटै चिहान बन्यो एकै परिवारका ९ जनाको, सारै दुखद घटना, परिवारमा बाँचिन एक जना मात्रै

Facebook Comments Box
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि

स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…

TOP