वालिङमा कुखुरा पालक व्यावसायीका लागि अभिमुखीकरण

वालिङ :
आँधीखोला पोल्ट्री सप्लायर्सको आयोजना तथा तिलिचो गु्रपको सहआयोजनामा वालिङमा एक दिने व्यवसायिक कुकुखुरा पालन सम्बन्धी अभिमुखीकरण तालिम प्रदान गरिएको छ । व्यवसायिक कुखुरा पालन समृद्धिको बलियो आधार भन्ने नाराका साथ आयोजित तालिममा यहाँका कुखुरा पालक व्यवसायीहरुको सहभागिता रहेको थियो ।
 तालिममा डा. सुरज डाँगीले प्रशिक्षण दिनुभएको थियो । तालिममा डा. डाँगीले कुखुरा पालन गर्ने तौरतरिका, दानपानी तथा तापक्रम व्यवस्थापन, कुखुरामा देखिने रोग नियन्त्रणलगायतका विषयमा प्रशिक्षण दिनुभएको थियो । कार्यक्रमको संचालन आँधीखोला पोल्ट्रीका संचालक अशोक पौडेलले गर्नुभएको थियो ।
Facebook Comments Box
‘राजनीतिमा युवाको नयाँ उत्साह’ : आयुष रानाभाटको उम्मेदवारी
५ दिन अगाडि

स्याङ्जा: नेपाली कांग्रेसको १५औँ महाधिवेशनको सरगर्मी बढिरहँदा स्याङ्जाको राजनीतिमा युवा पुस्ताको उपस्थिति झनै सशक्त बन्दै गएको छ। यसै क्रममा स्याङ्जा क्षेत्र…

TOP