वालिङमा कुखुरा पालक व्यावसायीका लागि अभिमुखीकरण

वालिङ :
आँधीखोला पोल्ट्री सप्लायर्सको आयोजना तथा तिलिचो गु्रपको सहआयोजनामा वालिङमा एक दिने व्यवसायिक कुकुखुरा पालन सम्बन्धी अभिमुखीकरण तालिम प्रदान गरिएको छ । व्यवसायिक कुखुरा पालन समृद्धिको बलियो आधार भन्ने नाराका साथ आयोजित तालिममा यहाँका कुखुरा पालक व्यवसायीहरुको सहभागिता रहेको थियो ।
 तालिममा डा. सुरज डाँगीले प्रशिक्षण दिनुभएको थियो । तालिममा डा. डाँगीले कुखुरा पालन गर्ने तौरतरिका, दानपानी तथा तापक्रम व्यवस्थापन, कुखुरामा देखिने रोग नियन्त्रणलगायतका विषयमा प्रशिक्षण दिनुभएको थियो । कार्यक्रमको संचालन आँधीखोला पोल्ट्रीका संचालक अशोक पौडेलले गर्नुभएको थियो ।
Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP