अबिरल बर्षाका कारण स्याङ्जामा घर भित्रै पुरिए ९ जना, बिर्घामा एक जनाको मृत्यु ।
स्याङ्जा :
अबिरल बर्षाका कारण स्याङ्जामा घर भित्रै ९ जना पुरिएका छन् । वालिङ नगरपालिका वडा नम्वर १४ स्थित माया परियारको घर पहिरोले पुरिदा ९ जना घर भित्रै परेका हुन् ।
आज बिहान घर माथिबाट गएको पहिरोले घर पुरेको स्थानीय समाजसेवी राजु कुँवरले जानकारी दिनुभयो । १० जनाको परिवार रहेकोमा एक जनालाई जीवितै उद्धार गरी उपचारका लागि लगिएको छ भने एक जना महिलाको शव बाहिर निकालिएको उद्धारमा खटिएका स्थानीय रामचन्द्र खनालले जानकारी दिनुभयो ।
घर माथिबाट पहिरो झरिरहेकाले उद्धारमा कठिनाई भएको बताइएको छ ।
अझै घर भित्रै ८ जना रहेको र दुई जनाको टाउको देखिएको उद्धारमा खटिएका खनालले बताउनु भयो । प्रहरी र स्थानीयबासी मिलेर उद्धार गर्ने काम भईरहेको प्रहरीले जनाएको छ ।
यसैबीच
तीन दिनदेखि परेको अविरल वर्षासगै आएको पहिरोले पुरिएर कालीगण्डकी गाउँपालिका ४ बिर्घास्थित गौतमटोलमा एक जनाको ज्यान गएको छ ।
पहिरोमा परि बाबुराम दमैका अन्दाजी १७ वर्षीय छोरा विष्णु परियार रहेको स्थानीय विष्णुप्रसाद पाण्डे स्यामलाल ले बताउनु भयो । घरमा सुतिरहेको अवस्थामा आज बिहान करिब २ बजे घर माथिबाट खसेको पहिरोले उनी पुरिएका थिए। उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
भिडियाे : स्याङ्जा-एउटै चिहान बन्यो एकै परिवारका ९ जनाको, सारै दुखद घटना, परिवारमा बाँचिन एक जना मात्रै
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


