अपडेट : पहिरोले घर पुर्दा वालिङमा नौं जनाको मृत्यु, एक जना गम्भिर घाईते ।

स्याङ्जा :
स्याङ्जाको वालिङ नगरपालिका वडा नम्वर १४ तमादीमा पहिरोले घर पुरिदा बेपत्ता भएका नौं जना शब भेटिएको छ ।
पहिरोमा परि चार जना महिला, चार जना पुरुष र एक जना बालकको ज्यान गएको छ भने एक जनालाई उपचारका लागि पोखरा पठाईएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
पहिरोमा परि ४८ बर्षकी माया नेपाली, ६० बर्षकी सानु नेपाली,जेठो छोरा बर्ष ३० का दीपक नेपाली,साईलो छोरा कुलदीप नेपाली, कान्छो छोरा ९ बर्षीय बिवस नेपाली,कुलदीप की श्रीमती बिनिता नेपाली, कुलदीपको एक बर्षको छोरा शिशिर नेपाली, र पाहुना आएकी उमाकला नेपाली रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

भिडियाे : स्याङ्जा-एउटै चिहान बन्यो एकै परिवारका ९ जनाको, सारै दुखद घटना, परिवारमा बाँचिन एक जना मात्रै


आज बिहान ६ बजे घर माथिबाट पहिरो जाँदा स्थानीय माया परियारको घर पुरिएको थियो । घरमा १० जना रहेकोमा १७ बर्षकी मनिषा नेपालीलार्ई घाइते अवस्थामा उद्धार गरी उपचारका लागि पोखरा पठाइएको छ । नेपाली सेना, शसस्त्र प्रहरी, जनपद प्रहरी र स्थानीयले उनीहरुको उद्धार गरेका हुन् ।

.

Facebook Comments Box
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि

स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…

TOP