अपडेट : पहिरोले घर पुर्दा वालिङमा नौं जनाको मृत्यु, एक जना गम्भिर घाईते ।

स्याङ्जा :
स्याङ्जाको वालिङ नगरपालिका वडा नम्वर १४ तमादीमा पहिरोले घर पुरिदा बेपत्ता भएका नौं जना शब भेटिएको छ ।
पहिरोमा परि चार जना महिला, चार जना पुरुष र एक जना बालकको ज्यान गएको छ भने एक जनालाई उपचारका लागि पोखरा पठाईएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
पहिरोमा परि ४८ बर्षकी माया नेपाली, ६० बर्षकी सानु नेपाली,जेठो छोरा बर्ष ३० का दीपक नेपाली,साईलो छोरा कुलदीप नेपाली, कान्छो छोरा ९ बर्षीय बिवस नेपाली,कुलदीप की श्रीमती बिनिता नेपाली, कुलदीपको एक बर्षको छोरा शिशिर नेपाली, र पाहुना आएकी उमाकला नेपाली रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
भिडियाे : स्याङ्जा-एउटै चिहान बन्यो एकै परिवारका ९ जनाको, सारै दुखद घटना, परिवारमा बाँचिन एक जना मात्रै
आज बिहान ६ बजे घर माथिबाट पहिरो जाँदा स्थानीय माया परियारको घर पुरिएको थियो । घरमा १० जना रहेकोमा १७ बर्षकी मनिषा नेपालीलार्ई घाइते अवस्थामा उद्धार गरी उपचारका लागि पोखरा पठाइएको छ । नेपाली सेना, शसस्त्र प्रहरी, जनपद प्रहरी र स्थानीयले उनीहरुको उद्धार गरेका हुन् ।
- -वालिङ पहिरो : १० जनाको परिवारमा को को थिए घरमा ?
- -अबिरल बर्षाका कारण स्याङ्जामा घर भित्रै पुरिए ९ जना, बिर्घामा एक जनाको मृत्यु ।
.


समाचार
थप सामाग्री
मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा भण्डारी
१ हप्ता अगाडि
वालिङ : स्याङजाकोे गल्याङमा रहेको मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन निर्विरोध चयन भएको छ । क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको…