स्याङ्जाका ९७ वडामा कांग्रेसको अधिवेशन सम्पन्न
स्याङ्जा
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्याङ्जाका ९७ वटै वडामा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट वडा समितिको नेतृत्व चयन गरिएको छ ।
जिल्लाका ११ स्थानीय तहअन्तर्गत ९७ वडामध्ये ९६ वडामा निर्विरोध वडा समिति चयन भएको र एक वडामा निर्वाचन भएको नेपाली कांग्रेस स्याङ्जाका जिल्ला उपसभापति केदार काफ्लेले बताउनुभयो ।
वालिङ नगरपालिका–१३ मा निर्वाचनमार्फत वडा समिति चयन गरिएको हो । वडा सभापतिमा ईश्वरी गैरे निर्वाचित हुनुभएको छ । गैरेले १०० मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी राजकुमार गैरेले ४० मत प्राप्त गर्नुभएको थियो । जिल्लाका सबै वडामा क्षेत्रीय प्रतिनिधिसमेत सहमतिका आधारमा चयन भएको काफ्लेले बताउनुभयो ।
जिल्लाका ९७ वडामध्ये पुतलीबजार नगरपालिका–४ मा मात्र महिला वडा सभापति चयन हुनुभएको छ । उक्त वडामा लीलावती पौडेल निर्विरोध वडा सभापति चयन हुनुभएको हो ।
समाचार
थप सामाग्री-
स्याङ्जा नागरिकता किर्ते प्रकरण : प्रशासकीय अधिकृतसहित तीन कर्मचारी र एक जना पुर्पक्षका लागि कारागार चलान
-
भीरकोटमा ‘एक स्वास्थ्य’ अवधारणा व्यवहारमा उतार्ने प्रतिबद्धता, ५ बुँदे सामूहिक प्रतिज्ञा ।
-
स्याङ्जाकी आयुष्मा काफ्लेले राष्ट्रिय वक्तृत्वकलामा सयजनालाई पछि पार्दै चौथो स्थान हासिल ।
-
२३ वर्षपछि वालिङमा सशस्त्र प्रहरीको आफ्नै स्थायी संरचना बन्ने, जग्गा अधिग्रहण प्रक्रिया सुरु
-
चाडपर्वमा वालिङ प्रहरीको सक्रियता : लागूऔषध,अवैध समान,पटका सहित बिभिन्न व्यक्ति पक्राउ ।
सिद्धार्थ राजमार्गमा प्रहरीको अपरेसन: लागूऔषधसहित बागलुङका युवक वालिङमा पक्राउ
३ हप्ता अगाडि
स्याङ्जा : स्याङ्जाको वालिङस्थित सिद्धार्थ राजमार्गमा प्रहरीले गरेको विशेष चेकजाँचका क्रममा ठूलो परिमाणको नियन्त्रित लागूऔषधसहित एक युवक पक्राउ परेका छन्।…


