प्रहरी चौकीको पुरानो ब्यानर हटाएर नयाँ राखियो
स्याङ्जा :
समाजमा शान्ति, सुरक्षा र अमनचयन कायम गर्ने जिम्मेवारी प्रहरीको हो । नागरिकको सुरक्षाको प्रत्याभूति दिलाउने प्रहरी कार्यालयको पहिचान र वातावरणलाई व्यवस्थित बनाउन स्याङ्जाको गल्याङस्थित प्रहरी चौकीमा नयाँ ब्यानर राखिएको छ । लामो समयदेखि प्रयोग हुँदै आएको पुरानो ब्यानर जीर्ण भएपछि नेपाल टेलिभिजनमा कार्यरत पत्रकार हिमाल न्यौपानेले उक्त ब्यानर हटाएर नयाँ ब्यानर राखिदिएका हुन् । लामो समयदेखि स्याङ्जामा रहेर पत्रकारिता गर्दै आएका न्यौपाने पत्रकारितासँगै व्यवसायमा समेत सक्रिय छन् । प्रहरी चौकीको पुरानो ब्यानर परिवर्तन गरी नयाँ राख्ने उनको पहललाई प्रहरीप्रतिको सम्मान र सामाजिक उत्तरदायित्वसँग जोडेर हेरिएको छ । प्रहरी चौकीको पहिचान झल्काउने ब्यानर नयाँ राखिएपछि प्रहरी कर्मचारीमा थप उत्साह मिल्ने अपेक्षा गरिएको छ । यस्ता साना तर सकारात्मक पहलले प्रहरी र नागरिकबीचको सम्बन्ध थप सुमधुर बनाउनुका साथै समाजमा सहयोग र सहकार्यको भावना विकास गर्न योगदान पुग्ने विश्वास गरिएको छ ।

समाचार
थप सामाग्री
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
१ महिना अगाडि
काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नेविसंघका पूर्वकेन्द्रीय सदस्य अमृत वोस्तीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन्। नेपाली जनसम्पर्क समिति…


