स्याङ्जा : सम्पर्कविहीनका परिवारबाट डीएनए नमुना सङ्कलन

Syangja_district
वालिङ :
भोटेकोशीको बाढीपहिरोपछि स्याङ्जाका सम्पर्कविहीन आठ जनाका परिवारबाट डीएनए परीक्षणका लागि नमुना सङ्कलन गरिएको छ । बाढीपहिरो गएको लामो समयसम्म पनि आठै जना सम्पर्कमा नआएपछि परिवारका सदस्यले डीएनए परीक्षणका लागि रगतको नमुना दिएका जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ। भोटेकोशीको बाढीपहिरोपछि भीरकोट नगरपालिका–५, पकानका ७० वर्षीय कृष्ण अर्याल र उहाँकी श्रीमती राधा अर्याल गोसाइँकुण्ड जाने क्रममा नुवाकोटको बट्टारबाट सम्पर्कविहीन हुनुभएको थियो ।
यस्तै, कालीगण्डकी गाउँपालिका–४, ताप्लेबेसीका गुरुदत्त पाण्डे, सोही वडाका नुवाकोटको मैलुङ हाइड्रोपावरमा कार्यरत ३० वर्षीय अमल्दार रोहन राना, चापाकोट नगरपालिका–१० का दिनामनी पंगेनी, वालिङ नगरपालिका–१४ घर भई इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत प्रहरी सहायक निरीक्षक समबहादुर थापा, भीरकोट नगरपालिका–२ का नेपाली सेनाका ३१ वर्षीय गणेश कार्की र कालीगण्डकी गाउँपालिका–३ का ५२ वर्षीय तिलक राना सम्पर्कविहीन हुनुहुन्छ ।
सम्पर्कविहीनमध्ये वालिङका समबहादुर थापा र भीरकोटका गणेश कार्कीका परिवारबाट जिल्ला प्रहरी कार्यालयमा डीएनए परीक्षणका लागि रगतको नमुना सङ्कलन गरिएको हो। यस्तै, अन्य छ जनाका परिवारबाट काठमाडौंस्थित प्रहरी अस्पतालमा नमुना सङ्कलन गरिएको प्रहरी नायब उपरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिनुभयो। नमुना दिइएका अर्याल दम्पतीको भने हिन्दू परम्पराअनुसार कुशको शव बनाएर अन्त्येष्टि गरी काजकिरिया गरिएको छ ।
Facebook Comments Box
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
३ हप्ता अगाडि

स्याङ्जा : स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडक खण्डमा सोमबार साँझ जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।…

TOP