वालिङमा भएकाे सडक दुर्घटनामा दुई गम्भीर
स्याङ्जा :
वालिङ नगरपालिका वडा नं – १ पाडेटारीमा मोटरसाइकल र इभी एक आपसमा ठक्कर खाँदा बिहीबार दुई जना गम्भीर घाइते भएका छन् ।
भित्री पक्की सडक खण्डमा मिर्दी देखि चापाकोट तर्फ जाँदै गरेको ग १ ज ८४३७ नम्बरको इभी हाईस र विपरीत दिशाबाट आउँदै गरेको लु ९६ प ५९४७ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाएको हो । दुर्घटनामा रामपुर नगरपालिका वडा नं –५ बस्ने ३२ बर्षीय सुरज अधिकारी र २३ बर्षीय सरोज बिकको गम्भिर घाईते भएको प्रहरी नायब उपरीक्षक रमेश दत्त अवस्थीले बताउनुभयो ।
दुवै घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा सामान्य उपचार पश्चात थप उपचार गण्डकी अस्पताल पोखरामा उपचार भैरहेको अवस्थीले बताउनुभयो । दुवै सवारी साधन र हाईस चालक भिरकोट नगरपालिका –८ रिपका ४९ बर्षीय चोक बहादुर गुरुङलाई नियन्त्रणमा लिएको र थप अनुसन्धान भैरहेको अवस्थीले बताउनुभयो ।
समाचार
थप सामाग्री-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
-
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
कांग्रेस महाधिवेशन: स्याङ्जा–१ बाट २७ वर्षीय सन्देश लम्साल महाधिवेशन प्रतिनिधिको दौडमा
२ हप्ता अगाडि
आँधीखोला खबर समाचारदाता/स्याङ्जा : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्याङ्जा क्षेत्र नं. १ बाट २७ वर्षीय युवा राजनीतिकर्मी सन्देश लम्सालले युवातर्फको…


