माउन्टेन इनर्जी नेपालको अध्यक्षमा प्रतिष्ठित व्यवसायी डोलराज शर्मा निर्वाचित
काठमाडौँ : स्याङ्जा जिल्लाको वालिङ–८ (हाल काठमाडौँ लाजिम्पाट निवासी) सामाजिक तथा धार्मिक व्यक्तित्व एवं सिटी एक्सप्रेस मनी ट्रान्सफर (City Express Money Transfer) प्रा.लि.का अध्यक्ष डोलराज शर्मा माउन्टेन इनर्जी नेपाल लिमिटेड (Mountain Energy Nepal Ltd.) को अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ।
लामो समयदेखि नेपालको उद्योग, व्यवसाय तथा वित्तीय क्षेत्रमा निरन्तर क्रियाशील शर्मा देशकै सफल र प्रतिष्ठित व्यवसायीका रूपमा परिचित हुनुहुन्छ। व्यावसायिक सफलताका साथै सामाजिक तथा धार्मिक कार्यहरूमा समेत उहाँको सक्रिय योगदान रहँदै आएको छ।
उहाँको बहुआयामिक नेतृत्व, कुशल व्यावसायिक क्षमता र लामो अनुभवले माउन्टेन इनर्जी नेपालले जलविद्युत् क्षेत्रमा अझ नयाँ उचाइ हासिल गर्दै द्रुत गतिमा प्रगति गर्ने विश्वास लिइएको छ।
समाचार
थप सामाग्री
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
१ महिना अगाडि
काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नेविसंघका पूर्वकेन्द्रीय सदस्य अमृत वोस्तीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन्। नेपाली जनसम्पर्क समिति…


