घाँस काट्दा भिरबाट खसेर महिलाको मृत्यु
स्याङ्जा :
स्याङ्जामा भिरबाट खसेर एक महिलाका मृत्यु भएको छ । अर्जुनचौपारी गाउँपालिका–४, सुनार टोलकी ३५ वर्षीया सबिना सुनारको भिरबाट लडेर मृत्यु भएको हो । भिरबाट खसेर गम्भिर घाइते भएकी सुनारको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिनु भयो ।
उहाँका अनुसार सोमबार बिहान स्थानीय मेलपानी भिरमा घाँस काट्ने क्रममा अचानक सन्तुलन गुमाउँदा सुनार झण्डै चार सय मिटर तल खसेर गम्भीर घाइते हुनु भएको थियो । घाइते सुनारलाई प्रहरी तथा स्थानीयले उपचारका लागि प्रदेश अस्पताल पुतलीबजार, स्याङ्जा लगेको भए पनि अस्पताल पुर्याउने बित्तिकै डाक्टरले मृत घोषणा गरेका प्रहरीले जनाएको छ ।
घटनाका सम्बन्धमा आवश्यक थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
समाचार
थप सामाग्री-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
-
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
-
कांग्रेस महाधिवेशन: स्याङ्जा–१ बाट २७ वर्षीय सन्देश लम्साल महाधिवेशन प्रतिनिधिको दौडमा
-
कांग्रेस महाधिवेशन: स्याङ्जा–२ बाट महाधिवेशन प्रतिनिधिमा युवा नेता लक्ष्मण भुसालको उम्मेदवारी
-
२६ वर्षमै वडाध्यक्ष बनेका दिप गुरुङ ‘छिरिङ’: महाधिवेशन प्रतिनिधिका युवा उम्मेदवार
कालीगण्डकीमा ३० वर्षयताकै ठुलो बाढी
१ हप्ता अगाडि
स्याङ्जा : चार दिनदेखि परेको अविरल वर्षाका कारण कालीगण्डकी नदीमा आएको बाढीले पक्की पुल बगाएको छ । स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७…


