घाँस काट्दा भिरबाट खसेर महिलाको मृत्यु
स्याङ्जा :
स्याङ्जामा भिरबाट खसेर एक महिलाका मृत्यु भएको छ । अर्जुनचौपारी गाउँपालिका–४, सुनार टोलकी ३५ वर्षीया सबिना सुनारको भिरबाट लडेर मृत्यु भएको हो । भिरबाट खसेर गम्भिर घाइते भएकी सुनारको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिनु भयो ।
उहाँका अनुसार सोमबार बिहान स्थानीय मेलपानी भिरमा घाँस काट्ने क्रममा अचानक सन्तुलन गुमाउँदा सुनार झण्डै चार सय मिटर तल खसेर गम्भीर घाइते हुनु भएको थियो । घाइते सुनारलाई प्रहरी तथा स्थानीयले उपचारका लागि प्रदेश अस्पताल पुतलीबजार, स्याङ्जा लगेको भए पनि अस्पताल पुर्याउने बित्तिकै डाक्टरले मृत घोषणा गरेका प्रहरीले जनाएको छ ।
घटनाका सम्बन्धमा आवश्यक थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
समाचार
थप सामाग्री-
कोजाग्रत पुर्णिमामा सोमबार सार्वजनिक बिदा
-
स्याङ्जा : स्कुटर दुर्घटनामा एकको मृत्यु
-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
३ हप्ता अगाडि
स्याङ्जा : राजनीति केवल सत्ता वा पदप्राप्तिको माध्यम मात्र होइन, यो त समाज र जनताको निःस्वार्थ सेवा गर्ने एउटा उत्कृष्ट प्लेटफर्म…


