ज्येष्ठ नागरिकको सेवामा निरन्तर स्याङ्जा सहयोग समाज: वृद्धाश्रमलाई नगद र न्यानो कपडा सहयोग
स्याङ्जा :
स्याङ्जा सहयोग समाज, अन्तर्राष्ट्रिय समन्वय समितिले आफ्नो परोपकारी अभियानलाई निरन्तरता दिँदै श्री शिवपार्वती वृद्धाश्रममा सहयोग हस्तान्तरण गरेको छ। सामाजिक उत्तरदायित्व र ज्येष्ठ नागरिकप्रतिको समर्पणलाई आत्मसात् गर्दै आएको समाजले यसपटक पनि वृद्धाश्रममा आश्रित आमाबुबाहरूका लागि नगद रु. ६,५००/- (छ हजार पाँच सय) र न्यानो कपडा वितरण गरेको हो।
विगतदेखि नै वृद्धाश्रमको सुख-दुःखमा हातेमालो गर्दै आएको समाजले प्रदान गरेको यो निरन्तर सहयोगले ज्येष्ठ नागरिकहरूलाई न्यानोपनका साथै ठूलो सहारा पुगेको छ। प्रवासमा रहेर पनि जन्मभूमिको सेवा र मानवीय कार्यमा निरन्तर सक्रिय रहँदै आएको स्याङ्जा सहयोग समाजको यो पहलको स्थानीयस्तरमा व्यापक सराहना गरिएको वृद्धाश्रमका अध्यक्ष अर्जुनप्रसाद खनालले जानकारी दिनुभयो ।
Facebook Comments Box
समाचार
थप सामाग्री
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
१ महिना अगाडि
काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय सभापतिमा गगनकुमार थापा निर्वाचित हुनुभएको छ। नेपाली कांग्रेसको विधान, २०१७ (एघारौँ संशोधनसहित) तथा निर्वाचन निर्देशिका, २०८२…


