जथाभावी सडक खन्दा एउटै चिहान बन्यो ९ जनाको जीन्दगी, आज मात्रै स्याङजामा १० जनाको मृत्यु ।

श्रीकृष्ण सिग्देल/ स्याङ्जा :
जथाभावी सडक खन्ने प्रचलन बढे सगै स्याङ्जाका धेरै बस्तीहरु पहिरोको जोखिम मोल्न बाध्य छन् । स्थानीय तह देखि प्रदेश र संघिय सरकारको सबै भन्दा बढी विकासको नाममा विना इन्जिनियरीङ नापजाच सडक खन्ने प्रचलनले स्याङ्जाका बस्तीहरु जोखिम मोल्न बाध्य छन् । सडककै कारण स्याङ्जामा एकै दिन १० जनाको पहिरोले पुरिएर मृत्यु भएको छ । स्याङजामा विहीवार विहान गएको पहिरोमा परी एकैघरका ९ जना सहित १० को मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । वालिङ नगरपालिका १४ तमादीका एकैघरका ९ जना र कालीगण्डकी गाउपालिका ४ गौतमडाँडाका एक गरी १० जनाको ज्यान गएको हो । पहिरोमा परेकी तमादीका १६ बर्षे मनिषा नेपालीको भने जिबितै उद्धार गरिएको छ । उनको पोखरामा उपचार भैरहेको छ ।/पहिरोमा परी ज्यान गुमाउनेमा १४ बर्षे बिक्रम नेपाली, १९ का बिनिता नेपाली, २१ का कुलदिप नेपाली र ७ महिनाका एक बालक छन । यसैगरी, २८ का उमाकला नेपाली, ४८ का माया नेपाली, ३० को दिपक नेपाली, ६० का सानी नेपाली र ९ बर्षे बिबश नेपाली र कालीगण्डकी गाँउपालिका ४ बिष्णु दमै मृत भेटिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए ।
मंगलबार देखि अविरल रुपमा परेको बर्षादले माथी बाट आएको पहिरोले घर पुरिएको थियो । सडकलाई फराकिलो बनाउने अभियानले डोजर प्रयोग हुदा पुरै डाडो नै चर्किएको अवस्था छ । कुनै बेला अझै ठुलो पहिरो जान सक्ने स्थानीय खुमप्रसाद लुईटेलले बताए । ०७२ सालको भुकम्पले हल्लाएको डाँडो र सडक फराकिलो बनाउदा प्रयोग भएको डोजरका कारण पहिरो गएको लुईटेलले बताए । विहान पख पहिरो गएकाले शब निकाल्न सहज भएको उनको भनाई छ । उनका अनुसार माईलो छोरा भारतमा रहेका र कान्छी छोरीलाई जिवितै उद्धार भएकाले अरु सबैको ज्यान गयो ।
पहिरोले घर पुरिएको खबर पाएपछि नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी सहित वालिङ नगरपालिका जनप्रतिनिधि समेत उद्धारका लागि पुगेका थिए । घट्ना थाहापाए लगत्तै घट्नास्थलमा पुगेर सबै सुरक्षाकर्मी र स्थानीयहरुको सहयोेगमा उद्धार गरिएको शसस्त्र प्रहरी बल ३० नम्वर गुल्म स्याङ्जाका प्रमुख प्रहरी नायव उपरिक्षक मोहन न्यौपानेले बताए । पटक पटक स्थानीयले पहिरोको जोखिम भएकाले नबस्न आग्रह गरेको र अन्य दिनमा बाहिर सुत्ने गरेपनि बुधबार राती घरमै सुतेकाले दुर्घट्ना हुन पुगेको न्यौपानेले बताए ।
पानी परेपछि पहिरोको जोखिमका कारण बाहिर बस्दै आएका नेपालीका परिवार गएराती भने सोही घरमा सुतेका थिए । बिहान एक्कासी पहिरो खसेपछि उनीहरुको ज्यान गएको हो । पहिरोमापरि ४ महिला, ४ पुरुष र एक ७ महिने नावालकको ज्यान गएको हो । तमादिमा ज्यान गुमाउनेमा २८ बर्षे उमाकला बाहेक अन्य सबै एकाघरका हुन । पहिराका कारण दर्जनौं सडक अवरुद्ध छन ।
स्याङ्जामा सडकको पहिरोको कारण अहिले सम्म करिव १८ जनाको ज्यान गइसकेको छ । नागरिकको आधारभुत आवश्यकतामा लिने गरिएको सडक निर्माण गर्दा बस्ती जोखिम नहुने गरी इन्जिनियरीक नापजाचबाट बनाउन सकिने हो भने पहिरोका कारण नागरिकको ज्यान जाने थिएन होला । यस विषयमा सम्वन्धित निकायको बेलैमा ध्यान जानु आवश्यक देखिन्छ ।

भिडियाे : स्याङ्जा-एउटै चिहान बन्यो एकै परिवारका ९ जनाको, सारै दुखद घटना, परिवारमा बाँचिन एक जना मात्रै

Facebook Comments Box
TOP