स्याङ्जाका सात पत्रकार पुरस्कृत ।
वालिङ :
स्याङ्जाका सात पत्रकार पुरस्कृत भएका छन्। प्रेस युनियन स्याङ्जाको १० औँ अधिवेशनका अवसरमा जिल्लामा क्रियाशील सात जना पत्रकारलाई पुरस्कृत गरिएको हो ।
युनियनले ओमप्रकाश शर्मा, प्रदीप कोइराला, भूपराज बस्याल, अमृत अर्याल, टीकाराम अधिकारी, आरती कुँवर र जीवन डोटेललाई पुरस्कृत गरेको प्रेस युनियन स्याङ्जाले जनाएको छ ।
नेपाल प्रेस युनियन स्याङ्जाले स्थापना गरेको प्रेस युनियन सृजनशील पत्रकारिता पुरस्कार युनियनका निवर्तमान अध्यक्ष तथा नेपाल पत्रकार महासङ्घ स्याङ्जाका अध्यक्ष प्रदीप कोइरालालाई प्रदान गरिएको छ । यसै गरी भरतराज ढकालले स्थापना गरेको आर्थिक पत्रकारिता पुरस्कार ओमप्रकाश शर्मा, संविधानसभा सदस्य राजु थापाले स्थापना गरेको जोखिम पत्रकारिता पुरस्कार भूपराज बस्याल र सुन्दर भण्डारीले स्थापना गरेको नेत्र स्मृति पत्रकारिता पुरस्कार अमृत अर्याललाई प्रदान गरिएको छ ।
यस्तै गण्डकी प्रदेश सांसद भागवतप्रकाश मल्लले स्थापना गरेको गजिन्द्रप्रकाश स्मृति पत्रकारिता पुरस्कार टीकाराम अधिकारी, सुवर्णमान श्रेष्ठले स्थापना गरेको गोपालमान स्मृति पत्रकारिता पुरस्कार आरती कुँवर र खुमा अर्यालले स्थापना गरेको कृषि पत्रकारिता पुरस्कार जीवन डोटेललाई प्रदान गरिएको हो ।
गोपालमान श्रेष्ठ स्मृति पत्रकारिता पुरस्कारको नगद राशि ११ हजार १११ रुपियाँ रहेको छ भने अन्य पुरस्कारको नगद राशि पाँच हजार रुपियाँ रहेको प्रेस युनियन स्याङ्जाले जनाएको छ ।
सातै जना पत्रकारलाई नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले पुरस्कृत गर्नुभएको हो। प्रमाणपत्र, दोसल्ला र नगदसहित सम्मानित हुनुभएका पत्रकारहरू लामो समयदेखि जिल्लाका विभिन्न क्षेत्रमा रहेर पत्रकारिता गर्दै आएका छन् ।
समाचार
थप सामाग्री
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
४ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेसका युवा नेता तथा उद्यमी भरतराज ढकालले पार्टीको १५औँ महाधिवेशनमा खुलातर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिनुहुने भएको…


