वालिङ महोत्सव : दर्शकको उत्साहमय सहभागिता
वालिङ :
‘हाम्रो गौरव हाम्रो शान, वालिङ महोत्सव हाम्रो पहिचान’ भन्ने मुलनारासहित वालिङ उद्योग वाणिज्य संघको आयोजनामा जारी महोत्सवको तेस्रो दिन उल्लेख्य दर्शकले सहभागिता रह्योे । महोत्सवमा निर्माण गरिएको परम्परागत गोल घरमा टिकटक र फोटो खिचाउनेको भीड देखिन्थ्यो भने महोत्सवको आर्कषणको रुपमा रहेको जलपरी अवलोकनका लागी दर्शकहरु निकै लालायित देखिन्थे । शुक्रबारदेखि रत्यौली गित प्रतियोगिता र विद्यालयस्तरीय नृत्य प्रतियोगिता पनि शुरु भएको छ ।
शुक्रबार एक एक समुहले आफ्नो प्रस्तुति राखेका छन् । तेस्रो दिन राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहेको थियो भने चर्चित गायक पुस्कल शर्मा, विशाल सोनीको प्रस्तुतिले दर्शक निकै उत्साहित भएका थिए भने राम तिवारी बत्ती थापाले पनि आफ्नो प्रस्तुति राख्नुभएको थियो ।
त्यस्तै साँझ रक हेड व्याण्डको लाईभ कम्र्समा प्रस्तुतिमा दर्शक रमाएका थिए भने आज शनिबारको आर्कषणमा सुगम संगीतका गायक शिव परियारको विषेश प्रस्तुति रहनेछ भने लोक तथा दोहोरीतर्फ खुमन अधिकारी, सविना गुरुङ, लक्ष्मण ठकुरी, कमला गैह्रेको प्रस्तुति रहनेछ । त्यस्तै हास्यतर्फ पुरुषोत्तम भण्डारीको प्रस्तुति रहनेछ भने आशिका श्रेष्ठको नृत्य रहनेछ ।

विगतका संस्करण भन्दा ९औँ संस्करणमा दर्शकहरुलाई पृथक र नयाँपन दिने प्रयास गरिएको छ । महोत्सवमा विज्ञान तथा शैक्षिक प्रर्दशनी समेत राखिएको छ । ४०० स्टलहरु रहेका महोत्सवमा कृषि तथा हस्तकला, सेवा तथा औद्योगिक र व्यापारिक स्टलहरु रहेका छन् । महोत्सवबाट एक करोड ६८ लाख आम्दानी हुने र एक करोड १४ लाख ५१ हजार खर्च भई करिव ५३ लाख ४९ हजार वचत गर्ने लक्ष्य आयोजकको छ । १२ दिनसम्म सञ्चालन हुने महोत्सवमा ३ लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने र १० करोडभन्दा बढीको आर्थिक कारोबार हुने अनुमान गरिएको छ । महोत्सवको संरक्षक संस्थाको रुपमा वालिङ नगरपालिका र नेपाल उद्योग वाणिज्य महासंघ रहेका छन् भने प्रवद्र्धककोरुपमा नेपाल पर्यटन बोर्ड रहको छ ।
महोत्सवमा औद्योगिक व्यापार मेला, सांस्कृतिक कार्यक्रम तथा भेषभूषा प्रदर्शनी, स्याङ्जा डान्स आईडल, विद्यालयस्तरीय नृत्य प्रतियोगिता, आमा नृत्य प्रतियोगिता, टिकटक प्रतियोगिता, ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरुको प्रस्तुति, कृषि मेला तथा पशुपंक्षी प्रदर्शनी, सुन्तला प्रदर्शनी, ताजा तरकारी प्रदर्शनी, अर्गानिक कफि प्रदर्शनी, बाल उद्यान, हस्तकलाका सामग्रीहरु आकर्षणकारुपमा रहेका छन् ।
Facebook Comments Box
समाचार
थप सामाग्री
सशस्त्र प्रहरी बल नेपाल नं. ३० गुल्म हेडक्वाटर स्याङ्जाको आठौं स्थापना दिवस ।
७ दिन अगाडि
वालिङ : सशस्त्र प्रहरी बल नेपाल नं. ३० गुल्म हेडक्वाटर स्याङ्जाको आठौं स्थापना दिवस शनिवार मनाईएको छ । वालिङ नगरपालिका…


