नवौं वालिङ महोत्सव आजबाट
स्याङ्जा : स्याङ्जाको वालिङमा बुधबारबाट नवौं चरणको महोत्सव सुरु हुने भएको छ । ‘हाम्रो गौरव हाम्रो शान, वालिङ महोत्सव हाम्रो पहिचान’ भन्ने नारासहित गण्डकी प्रदेशस्तरीय महोत्सव गर्न लागिएको आयोजक वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष चेतनारायण श्रेष्ठले जानकारी दिनुभयो ।
महोत्सवमा कृषि तथा हस्तकला, सेवा तथा औद्योगिक, व्यापारिक गरि विभिन्न विधाका स्टलहरू रहने संघका वरिष्ठ उपाध्यक्ष अनुपमा ढुङ्गानाले जानकारी दिनुभयो । उहाँका अनुसार वालिङ खेलमैदानमा झण्डै चार सय स्टल बनाइएको छ ।
महोत्सवमा कृषि, कृषि औजार तथा हस्तकलाका लागि ४० भन्दा बढी स्टलहरू निःशुल्क उपलब्ध गराइएको छ भने स्थानीय व्यापारीहरुका लागि ३० प्रतिशत छुट दिइएको छ ।
महोत्सवबाट एक करोड ६८ लाख आम्दानी तथा एक करोड १४ लाख ५१ हजार खर्च हुने संघका सचिव तथा प्रचारप्रसार समितिका संयोजक पिताम्बर खनालले जानकारी दिनुभयो । उहाँका अनुसार महोत्सवमा ५३ लाख ४९ हजार बचत हुने अनुमान रहेको छ । नवौं वालिङ महोत्सवमा १० करोडको अल्पकालिन कारोबार र तीन लाख दर्शक भित्र्याउने लक्ष्य लिइएको खनालको भनाइ छ ।
महोत्सवको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले गर्ने कार्यक्रम रहेको आयोजकको भनाइ छ । स्याङ्जाको वालिङस्थित खेलमैदानमा हुने महोत्सवलाई गण्डकी प्रदेशमा नै उत्कृष्ट मानिन्छ । महोत्सव माघ २५ गतेसम्म गरी १२ दिन सञ्चालन हुने संघले जनाएको छ । gorkhapatraonline

समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


