सशस्त्र प्रहरी बल नेपाल नं. ३० गुल्म हेडक्वाटर स्याङ्जाको आठौं स्थापना दिवस ।
वालिङ :
सशस्त्र प्रहरी बल नेपाल नं. ३० गुल्म हेडक्वाटर स्याङ्जाको आठौं स्थापना दिवस शनिवार मनाईएको छ । वालिङ नगरपालिका वडा नं. ८ घ्याङ्लिङमा रहेको सशस्त्र प्रहरी बल गुल्मकारुपमा स्थापित भएको आठौँ वर्ष प्रवेशको सन्दर्भ पारेर स्थापना दिवस मनाईएको हो ।
स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्नुहुँदै मझकुर सशस्त्र प्रहरी बल नेपाल नं ४ बाहिनी मुख्यालय पोखरा कास्कीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक दिपेन्द्र शाहले जिल्लाको शान्ति सुरक्षामा सशस्त्र प्रहरीले महत्वपूर्ण भूमिका खेल्दै आएको बताउनुभयो । उहाँले शान्ति सुरक्षासहित विपत्ति लगायतका घटनाहरुमा स्थानीयको साथ र सहयोगबाट काम गर्दै आएको बताउनुभयो । साथै उहाँले आसन्न निर्वाचनलाई शान्त, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न प्रहरी जवानहरुलाई निर्देशन दिनु भयो ।
स्याङ्जाका नागरिकहरुको सुरक्षा प्रदान गर्दै आएको सशस्त्र प्रहरीका लागि स्थायी जग्गा नभएकाले स्थायी जग्गा उपलब्ध गराई सहयोग गर्न उहाँको आग्रह छ ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालले प्राकृतिक विपत्ति लगायतका परिस्थितिमा सशस्त्र प्रहरीले पुर्याएको योगदान प्रशंसनीय रहेको बताउनुभयो । साथै उहाँले जिल्लाको शान्ति, सुरक्षा र अमनचयन कायम राख्नकालागी महत्त्वपूर्ण भुमिका खेल्दै आएको भन्दै आगामी दिनमा समेत यस्तै कार्यको अपेक्षा राखेको उहाँको भनाई थियो ।
कार्यक्रममा ३० नं. गुल्मका गुल्मपति कुमार तिमिल्सिनाले संगठनले प्राप्त गरेका जिम्मेवारीहरु कुशलता पुर्वक निर्वाह गर्दै आएको र यहाँका विभिन्न संघ संगठनसंग समन्वय गरि सचेतनामुलक तथा प्राकृतिक विपत्ति विरुद्धका कार्यहरु सफलता पुर्वक गर्दै आएको र आगामी दिनमा समेत जिल्लाको सुरक्षाका लागि अहोरात्र खटिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
स्थापना दिवसका अवसरमा यसअघि गरिएका विभिन्न प्रतियोगितामा सहभागी भई उत्कृष्ट भएका प्रहरीहरु जवानहरुलाई पुरस्कार वितरण गरिएको थियो । सोही अवसरमा हालसम्म विभिन्न तह र तप्काबाट सहयोग पुर्याउने संघ संस्था तथा ब्यक्तिहरुलाई तथा सशस्त्र द्वन्द्वका समयमा सहादत प्राप्त गर्नुभएका सहिद लिला बहादुर थापाका परिवारलाई दोसल्लाले सम्मान गरिएको थियो ।

समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


