गाउँगाउँमा उम्मेदवार, चहलपहल बढ्दो
राधाकृष्ण डुम्रे /वालिङ : फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्तासँगै उम्मेदवारहरू गाउँगाउँ पुग्न थालेका छन् । मत माग्दै नेताहरू गाउँगाउँमा पुग्न थालेपछि चहलपहल सुरु भएको हो । प्रायः दशैंतिहारमा मात्रै चहलपहल हुन्थ्यो । तर यो पटक भने पुसको चिसो मौसममा नै गाउँ तातेको हो ।
मनोनयन दर्ता गरेसँगै जिल्लाका सबै दलका उम्मेदवारहरू गाउँगाउँ पुग्न थालेका हुन् । कुन गाउँमा कति बेला पुग्ने भन्ने साप्ताहिक योजना नै बनाएर आफूहरू गाउँमा जान थालेको नेपाली कांग्रेसका कार्यवाहक सभापति केदार काफ्लेले बताउनुभयो । उहाँले भन्नुभयो, “मत माग्दै गाउँमा पुग्दा सर्वसाधारणमा भने उत्साह देखिने गरेको छ ।” बसाइसराइ र कामका लागि गाउँका मानिसहरू सहर तथा विदेशमा पुग्ने गरेका छन् । पछिल्लो समय गाउँ सुनसान जस्तै रहँदै आएको थियो ।
चुनावका लागि जिल्लाका दुई वटै क्षेत्रका उम्मेदवारहरू गाउँगाउँ पुगेको नेकपा(एमाले)का स्याङ्जाका अध्यक्ष सूर्यप्रसाद गैह्रले जानकारी दिनुभयो ।
चुनाव प्रचारप्रसारका लागि पालिका तहमा मात्रै होइन गाउँमा समेत सम्पर्क कार्यालय खुल्न लागेको कांग्रेस गल्याङ् नगर सभापति श्यामप्रसाद बस्यालले बताउनुभयो । गाउँमा चहलपहल बढेसँगै बल्ल चुनाव आए जस्तो लागेको उहाँको भनाइ छ ।
दुई वटा निर्वाचन क्षेत्र रहेको स्याङ्जामा ११ दलका २१ जना र तीन जना स्वतन्त्र गरी २४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् ।
गाउँगाउँमा कांग्रेस, एमाले र रास्वपाका उम्मेदवारहरूको चर्चा हुने गरेको छ । जिल्लामा कांग्रेसबाट भरतराज ढकाल र भागवतप्रकाश मल्ल, नेकपा(एमाले)बाट मिनप्रसाद गुरुङ र खिमबहादुर थापा, रास्वपाबाट डाक्टर धनन्जय रेग्मी र झविलाल डुम्रे मुख्य प्रतिस्पर्धामा रहेका छन् ।
जनजातिको बाहुल्यता रहेको स्याङ्जा क्षेत्र नं. १ मा हर्क साम्पाङ् नेतृत्वको श्रमसंस्कृति पार्टीको पनि चुनावी अभियान तीव्र छ ।
समाचार
थप सामाग्री-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
-
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
कांग्रेस महाधिवेशन: स्याङ्जा–१ बाट २७ वर्षीय सन्देश लम्साल महाधिवेशन प्रतिनिधिको दौडमा
१ हप्ता अगाडि
आँधीखोला खबर समाचारदाता/स्याङ्जा : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्याङ्जा क्षेत्र नं. १ बाट २७ वर्षीय युवा राजनीतिकर्मी सन्देश लम्सालले युवातर्फको…


