भरुवा बन्दुकसहित दुई पक्राउ ।
स्याङ्जा :
स्याङ्जाको विरुवाबाट तीन नाल भरुवा बन्दुक सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
आसन्न प्रतिनिधि सभा निर्वाचन २०८२ सुरक्षार्थ जिल्ला प्रहरी कार्यालय,स्याङ्जा र प्रहरी चौकी विरूवाअर्चलेबाट खटिएको विशेष सर्च अप्रेसन टोलीले बन्दुक, यसमा लाग्ने सामाग्री सहित मङ्गलबार दुई जनालाई पक्राउ गरेको हो ।
प्रहरी विरूवा गाउँपालिका–२ झागडीका ६६ वर्षीय रोमबहादुर रानाको घरबाट फलामको गज सहितको एक नाले भरूवा बन्दुक दुई थान, बारूद ४८० ग्राम, छर्रा थान–१३५, फलामको चिम्टा थान–२, फलामको छुच्ची थान–१, सोडा १ के.जी. ३०० ग्राम, डेटोनेटर थान–६, लम्वाई ८ फिट ९ इन्च भएको सेफ्टीफ्यूज थान–१, गन्धक ४५० ग्राम, प्लास्टिक एक्सप्लोसिभ किरकी १६० ग्राम, खोका नभएको वुलेट थान –१०, खाली खोका थान–१, केप थान –८, बाघको दाह्रा जस्तो देखिने नुकिलो वस्तु थान–१ थान बरामद गरेको हो ।
यस्तै सोही ठाउँका ६९ वर्षीय बीरबहादुर थापाको घरबाट फलामको गज सहितको एक नाले भरूवा बन्दुक एक थान –१(एक) बरामद गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक प्रसन्नराज चौधरीले जानकारी दिनुभयो ।
बन्दुक तथा यसमा प्रयोग हुने सामाग्री सहित दुई जनालाई पक्राउ गरिएको चौधरीको भनाइ छ ।
रोमबहादुरले घर नजिकैको जङ्गलमा रहेको ओडारमा र बीरबहादुरले घर नजिकैको झाडीमा लुकाएर राखेको अवस्थामा बन्दुक र यसमा लाग्ने सामाग्रीहरु बरामद गरिएको प्रहरीले जनाएको छ ।
यसबारेमा आवश्यक अनुसन्धान तथा कानूनी कारवाही प्रक्रिया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।
यसअघि एक हप्ता अगाडि पनि बिरुवा गाउँपालिका–३ बाट चार नाल भरुवा बन्दुक सहित तीनजना पक्राउ परेका थिए ।

समाचार
थप सामाग्री-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
-
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
-
कांग्रेस महाधिवेशन: स्याङ्जा–१ बाट २७ वर्षीय सन्देश लम्साल महाधिवेशन प्रतिनिधिको दौडमा
-
कांग्रेस महाधिवेशन: स्याङ्जा–२ बाट महाधिवेशन प्रतिनिधिमा युवा नेता लक्ष्मण भुसालको उम्मेदवारी
-
२६ वर्षमै वडाध्यक्ष बनेका दिप गुरुङ ‘छिरिङ’: महाधिवेशन प्रतिनिधिका युवा उम्मेदवार
कालीगण्डकीमा ३० वर्षयताकै ठुलो बाढी
१ हप्ता अगाडि
स्याङ्जा : चार दिनदेखि परेको अविरल वर्षाका कारण कालीगण्डकी नदीमा आएको बाढीले पक्की पुल बगाएको छ । स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७…


