भरुवा बन्दुकसहित दुई पक्राउ ।
स्याङ्जा :
स्याङ्जाको विरुवाबाट तीन नाल भरुवा बन्दुक सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
आसन्न प्रतिनिधि सभा निर्वाचन २०८२ सुरक्षार्थ जिल्ला प्रहरी कार्यालय,स्याङ्जा र प्रहरी चौकी विरूवाअर्चलेबाट खटिएको विशेष सर्च अप्रेसन टोलीले बन्दुक, यसमा लाग्ने सामाग्री सहित मङ्गलबार दुई जनालाई पक्राउ गरेको हो ।
प्रहरी विरूवा गाउँपालिका–२ झागडीका ६६ वर्षीय रोमबहादुर रानाको घरबाट फलामको गज सहितको एक नाले भरूवा बन्दुक दुई थान, बारूद ४८० ग्राम, छर्रा थान–१३५, फलामको चिम्टा थान–२, फलामको छुच्ची थान–१, सोडा १ के.जी. ३०० ग्राम, डेटोनेटर थान–६, लम्वाई ८ फिट ९ इन्च भएको सेफ्टीफ्यूज थान–१, गन्धक ४५० ग्राम, प्लास्टिक एक्सप्लोसिभ किरकी १६० ग्राम, खोका नभएको वुलेट थान –१०, खाली खोका थान–१, केप थान –८, बाघको दाह्रा जस्तो देखिने नुकिलो वस्तु थान–१ थान बरामद गरेको हो ।
यस्तै सोही ठाउँका ६९ वर्षीय बीरबहादुर थापाको घरबाट फलामको गज सहितको एक नाले भरूवा बन्दुक एक थान –१(एक) बरामद गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक प्रसन्नराज चौधरीले जानकारी दिनुभयो ।
बन्दुक तथा यसमा प्रयोग हुने सामाग्री सहित दुई जनालाई पक्राउ गरिएको चौधरीको भनाइ छ ।
रोमबहादुरले घर नजिकैको जङ्गलमा रहेको ओडारमा र बीरबहादुरले घर नजिकैको झाडीमा लुकाएर राखेको अवस्थामा बन्दुक र यसमा लाग्ने सामाग्रीहरु बरामद गरिएको प्रहरीले जनाएको छ ।
यसबारेमा आवश्यक अनुसन्धान तथा कानूनी कारवाही प्रक्रिया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।
यसअघि एक हप्ता अगाडि पनि बिरुवा गाउँपालिका–३ बाट चार नाल भरुवा बन्दुक सहित तीनजना पक्राउ परेका थिए ।

समाचार
थप सामाग्री-
कोजाग्रत पुर्णिमामा सोमबार सार्वजनिक बिदा
-
स्याङ्जा : स्कुटर दुर्घटनामा एकको मृत्यु
-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
३ हप्ता अगाडि
स्याङ्जा : राजनीति केवल सत्ता वा पदप्राप्तिको माध्यम मात्र होइन, यो त समाज र जनताको निःस्वार्थ सेवा गर्ने एउटा उत्कृष्ट प्लेटफर्म…


