नेपाली कांग्रेस स्याङ्जाले बनायो निर्वाचन परिचालन समिति ।

राधाकृष्ण डुम्रे/ स्याङ्जा :
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि जिल्लामा क्रियाशिल दलहरुले आन्तरिक तयारी सुरु गरेका छन् । उमेदवारको मनोनयन दर्ता गरेसँगै दलहरुले मतदाता केन्द्रित अभियान चलाउन सुरु गरेका हुन् ।
जिल्लामा क्रियाशिल दलहरु नेपाली कांग्रेस, नेकपा(एमाले),नेपाली कम्युनिष्ट पार्टी,राष्ट्रिय स्वतन्त्र पार्टी,राप्रपा लगायतका दलहरुले चुनाव लक्षित अभियान सुरु गरेका हुन् । उनीहरुले निर्वाचन परिचालन कमिटि, तथा क्षेत्र, पालिकास्तरमा भेला गरिरहेका छन् ।
नेपाली कांग्रेस स्याङ्जाले स्याङ्जाका सभापति राजु थापाज्यूको संयोजकत्वमा १००१ निर्वाचन परिचालन समिति गठन गरेको छ ।
कांग्रेसको बैठकले स्याङ्जाका दुई वटै निर्वाचनमा चुनावी अभियान सञ्चालन गर्ने योजना सहित निर्वाचन परिचालन समिति बनाएको जनाएको छ । क्षेत्र नं. १ मा भरतराज ढकाल र क्षेत्र नं. २ मा भागवत प्रकाश मल्ललाई निर्वाचित गराउन गाउँगाउँमा पुग्ने योजना बनाएको कांग्रेसले जनाएको छ ।
नेपाली कांग्रेस स्याङ्जाका पूर्व सभापति तथा पूर्व सांसद शंकर पाण्डेको संयोजकत्वमा निर्वाचन अनुगमन समिति गठन गरिएको छ । जसको सदस्यहरुमा संविधान सभा सदस्य मोहन प्रसाद पाण्डे, गण्डकी प्रदेश सभा सदस्य तथा अर्थ विकास समितिका सदस्य मभोजराज अर्याल, नेपाली कांग्रेसका पूर्व सभापति तथा जिल्ला समन्वय समिति स्याङ्जाका प्रमुख श्रीप्रसाद जी. टी, प्रजातान्त्रिक विचार समाजका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश संयोजक जिवलाल काफ्ले, स्वतन्त्र सेनानी तथा प्रजातान्त्रिक सेनानी संघका जिल्ला अध्यक्ष तारापति सुवेदी , स्वतन्त्रता सेनानी शालिकराम न्यौपाने, नेपाली कांग्रेस स्याङ्जाका पूर्व सभापति विश्वप्रेम अधिकारी, प्रजातान्त्रिक विचार समाज स्याङ्जाका पूर्व अध्यक्ष मुक्ति प्रसाद सुवेदी नेपाली कांग्रेसका पूर्व महाधिवेशन प्रतिनिधि प्रेम कुमारी रेग्मी, नेपाली कांग्रेसको नेतृ अंविका पौडेल रहनु भएको छ ।
नेपाली कांग्रेस स्याङ्जा उपसभापति केदार काफ्लेको संयोजकत्वमा आर्थिक व्यवस्थापन समित,अर्का उपसभापति शेर वहादुर थापाको संयोजकत्वमा स्थानिय तह समन्वय समिति,स्याङ्जाका सचिव दामोदरको संयोजकत्वमा घोषण पत्र तथा प्रतिबद्धता पत्र साथै जिल्ला सचिवालय समन्वय समिति,सह सचिव ध्रुव बन्धु पौडेलको संयोजकत्वमा भातृ एवं शुभेच्छुक सस्था समन्वय समिति,स्याङ्जाका प्रवक्ता भरत प्रसाद लम्सालको संयोजकत्वमा सुचना तथा संचार समिति,नेपाली कांग्रेसका नेता लोकतान्त्रीक यातायात व्यवसायी संघ गण्डकी प्रदेशका अध्यक्ष महेश (गणेश ) थापाको संयोजकत्वमा यातायात व्यवस्थापन तथा अन्तर जिल्ला समन्वय समिति गठन गरिएको कांग्रेस स्याङ्जाका सचिव दामोदर लम्सालले जानकारी दिनुभयो ।
तस्बिर ः नेपाली कांग्रेसको चुनावी बैठक । तस्बिर ः राधाकृष्ण डुम्रे ।

 

Facebook Comments Box
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि

स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…

TOP