नागरिकको सुझाव संकलनमा भागवत प्रकाश मल्ल
स्याङ्जा :
नेपाली कांग्रेस स्याङ्जा क्षेत्र नं. २ बाट प्रतिनिधि सभाका उम्मेदवार भागवत प्रकाश मल्लले आफ्ना क्षेत्रका मतदातासँग सुझाव तथा राय संकलन सुरु गर्नुभएको छ ।
आफू निर्वाचित भएको खण्डमा विकास–निर्माण, स्वास्थ्य, शिक्षा, पर्यटन लगायतका क्षेत्रमा के–कस्ता काम गर्न सकिन्छ भन्ने विषयमा मतदाताको प्रत्यक्ष सुझाव लिने उद्देश्यले यो अभियान सञ्चालन गरिएको मल्लले बताउनुभएको छ ।
सुझाव संकलनजस्तो कार्यक्रम सम्भवतः यस क्षेत्रमा पहिलोपटक भएको भन्दै स्थानीय मतदाताहरूले यसको प्रशंसा गरेका छन् । मल्ल निर्वाचित भएमा क्षेत्रको समग्र विकासमा उल्लेखनीय काम हुने विश्वास पनि स्थानीयवासीहरूले व्यक्त गरेका छन् ।
यसअघि गण्डकी प्रदेश सभा सदस्य रहँदा पनि भागवत प्रकाश मल्लले प्रभावकारी र स्मरणीय काम गरेको भन्दै मतदाताले सकारात्मक प्रतिक्रिया दिईरहेका छन् ।
समाचार
थप सामाग्री
अपराध नियन्त्रण र अनुसन्धानमा सघाउन अर्जुनचौपारीमा १३ सीसीटीभी जडान
३ हप्ता अगाडि
स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ स्थित बजार क्षेत्रमा शान्ति–सुरक्षा सुदृढ बनाउने तथा अपराध नियन्त्रण र अनुसन्धानलाई प्रभावकारी बनाउने उद्देश्यले १३…


