स्याङ्जामा बैङ्कका सुरक्षा गार्डमाथि चक्कु प्रहार : एक जना पक्राउ
वालिङ :
स्याङ्जामा बैंकका सुरक्षा गार्ड माथि बैङ्क भित्रै चक्कु प्रहार भएको छ । विरुवा गाउँपालिका वडा नम्बर–१ मा रहेको गरिमा विकास बैङ्क लिमिटेडको सुरक्षा गार्ड शेरबहादुर थापालाई बैङ्क परिसरमा नै चक्कु प्रहार भएको हो ।
प्रहरीले चक्कु प्रहार गर्ने विरुवा गाउँपालिका वडा नम्बर–१ बस्ने वर्ष ३० का महेन्द्र नारायण श्रेष्ठलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रसन्नराज चौधरीले जानकारी दिनुभयो ।
पक्राउ परेका श्रेष्ठलाई स्याङ्जा जिल्ला अदालतबाट सात दिनको म्याद थपको अनुमति लिई थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
चक्कु प्रहारबाट घाइते भएका थापाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । आफू माथि अन्धाधुन्ध चक्कु प्रहार भए पनि सेवा निवृत्त सेना भएका कारण जोगिन सफल भएको घाईते थापाको भनाइ छ ।
मङ्गलबार दिउँसोको घटना भए पनि बैङ्कले प्रहरीको सहयोगमा सेवा निरन्तर दिइरहेको गरिमा विकास बैङ्कमा क्षेत्रीय प्रबन्धक प्रेमकिसोर अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार अवस्था सामान्य छ, सेवा नियमित छ ।

समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


