वालिङ जेसीजको २२ औँ पदस्थापन,अध्यक्षमा कोईराला ।
वालिङ :
वालिङ जेसीजको २२ औँ पदस्थापन कार्यक्रम शनिबार सम्पन्न भएको छ । सन २०२५ का अध्यक्ष सन्दिप कंडेलले सन २०२६ का अध्यक्ष विदुर कोईरालालाई पद हस्तान्तरण गर्नुभएको हो । पदस्थापन कार्यक्रममा गण्डकी प्रदेश सांसद तथा अर्थ विकास समितिका सभापति भोजराज अर्यालले जेसीज युवाहरुको नेतृत्व तथा क्षमता विकास गर्ने संस्था भएको भन्दै युवाहरुलाई नेतृत्ववान बनाउँदै समाज रुपन्तरणमा पनि जेसीजको भुमिका महत्वपूर्ण देखिएको बताउनुभयो । कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष खगेन्द्र भण्डारी, पोखरा जेसीजका अध्यक्ष सुमन पहारी, वालिङ जेसीजका पूर्ब अध्यक्ष शान्ता थापालगायतले बोल्नुभएको थियो ।
कार्यक्रम जेसीज सन २०२६ का अध्यक्ष विदुर कोईरालाको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत सन २०२४ का अध्यक्ष यज्ञपुरुष रिजाल र संचालन महासचिव एकनारायण कोईरालाले गर्नुभएको थियो ।
वालिङ जेसिज सन २०२६ का अध्यक्ष कोईरालासंगै महासचिव एकनारायण कोईराला, कोषाध्यक्ष राजन पंगेनी, कार्यकारिणि उपाध्यक्षहरु सन्तोष रेग्मी, विष्णु पंगेनी, उपाध्यक्ष पूजा कोईराला, विक्रम काफ्ले र सरोज अधिकारी, यादव पौडेल रहनुभएको छ ।
वालिङ जेसीजको प्रत्येक बर्ष नयाँ समिति गठन हुँदै आएको छ ।

समाचार
थप सामाग्री-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
-
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
३ हप्ता अगाडि
स्याङ्जा : स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडक खण्डमा सोमबार साँझ जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।…


