भरुवा बन्दुकसहित एक पक्राउ

arrested

स्याङ्जा :

विरूवा गाउँपालिका वडा ६ लेवामा भरुवा बन्दुकसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । अवैध रूपमा भरुवा बन्दुक लुकाई छिपाई मर्मत कार्य भईरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले ७२ वर्षीय राम बहादुर सुनारलाई पक्राउ गरेको हो ।

प्रहरीले सुनारसहित एकनाले भरुवा बन्दुक, पाटपुर्जा जडान नभएको भरुवा बन्दुक दुई थान, नाल नभएको पाटपुर्जा जडान नभएको भरुवा बन्दुक एक थान बरामद गरेको हो ।

यस्तै सोसँग सम्बन्धित फलामे रडहरू चार थान, भरुवा बन्दुकको छुच्ची छ थान, वारूद १४२ ग्राम, सिसाको छर्रा १०७ वटा, केप छ थान, वारुद बनाउन प्रयोग हुने षोडा एक केजी, भरुवा  बन्दुक बनाउन प्रयोग हुने फलामको घोडा तीन थान, चिम्टी दुई थान, फलामको किला चार थान, फलामको चाप एक थान बरामद गरेको प्रहरी नायव उपरीक्षक प्रसन्नराज चौधारीले जानकारी दिनुभयो ।

सुनारलाई हातहतियार तथा खरखजना सम्बन्धी मुद्धामा आवश्यक अनुसन्धान तथा कानूनी कारवाही प्रक्रिया अगाडि बढाएको चौधारीले बताउनुभयो ।

Facebook Comments Box
TOP