वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारीको अध्याक्षमा पुनः गुरुङ
वालिङ :
वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्था वालिङको पाचौँ साधारण सभा एवं दोस्रो अधिवेसन सम्पन्न भएको छ । अधिवेसनले पुनः ल्या. यामबहादुर गुरुङको अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरेको छ । समितिको उपाध्यक्ष नत्रेप्रसाद सुवेदी, सचिवमा भुपराज बगाले, कोषाध्यक्ष इन्दिरा गैह्रे अधिकारी रहनुभएको छ
सदस्यहरुमा सीता थापा, गिता रनपाल,तोलकान्त बगाले,तुलसा तिवारी,बुद्धिनाराण अर्याल,हुमनाथ लामिछाने,सागर बगाले,थमन अर्याल र गुरु प्रसाद पंगेनी रहनु भएको छ ।
सहकारीको साधारण सभा तथा अधिवेसनको उद्दघाटन गर्दै वालिङ नगरपालिका निर्वतमान नगरप्रमुख तथा गरिमा विकास बैंकका अध्यक्ष दिलिप्रताप खांणले सहकारी सामुहिक भावका साथ अगाडि बढ्नुपर्ने बताउनुभयो ।
अध्यक्ष खांणले सहकारीले अन्य सहकारीसंग पनि सहकार्य गर्दै उत्पादन गरेका उपजको बजारीकरण गर्नुपर्नेमा जोड दिनुभयो । विषेश गरी हाटबजारको शुरुवात गर्दै कृषकहरुलाई उत्पादनमा जोड दिँदै आएको सहकारीले आगामी दिनमा पनि रचनात्मक कार्य गर्न खांणको सुझाव छ । कार्यक्रममा समाजसेवी टिकाराम रेग्मी, गणनिधि काफेले, लेखा संयोजक नेत्रप्रसाद पराजुली लगायतले बोल्नुभएको थियो । कार्यक्रम अध्यक्ष ल्या.यामहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो ।
Facebook Comments Box
समाचार
थप सामाग्री
सवारी दुर्घटनापछि विवाद हुँदा तीन जना घाइते, एक पक्राउ
२ हप्ता अगाडि
स्याङ्जा : स्याङ्जाको वालिङमा दुई सवारी साधन एक आपसमा ठोक्किएको घटनापछि विवाद हुँदा तीन जना घाइते भएका छन् भने एक…


