स्याङ्जाको पकानमा आजबाट प्रथम आलु महोत्सव शुरू हुँदै ।
स्याङ्जा : स्याङ्जाको भीरकोट–५ पकानमा प्रथम आलु महोत्सव हुने शुरू हुँदैछ । आलु खेतीका लागि उर्वरभूमिका रुपमा चिनिएका सो स्थानमा आज र भाेलि ( ७ र ८ गते ) महोत्सव गरिन लागेकाे हाे । क्षेत्रीय कृषि निर्देशनालय पोखरा, कृषि ज्ञान केन्द्र स्याङ्जा, भीरकोट नगरपालिका र स्थानीय महिला जागरण बहुउद्देश्यीय सहकारी संस्थाको संयुक्त आयोजनामा महोत्सव हुन लागेको भीरकोट नगर प्रमुख छायाराम खनालले जानकारी दिनुभयाे ।
महोत्सवलाई लक्षित गरेर बिहिबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै खनालले आलुखेती गर्ने किसानलाई प्रोत्साहन गर्न, उत्पादित आलुको बजारीकरण गर्न र आलुका परिकारका बारेमा जानकारी दिन महोत्सव गरिने भएको बताउनु भयाे । महोत्सवस्थलमा आलुको खरीदबिक्री, विभिन्न परिकार बनाएर स्वाद दिइने लक्ष्य आयोजकको छ । आलु उत्पादनका दृष्टिले यो क्षेत्र उर्वरभूमि पनि हो, परम्परागत रुपमा गरिँदै आएको खेती प्रणालीलाई थप आधुनिकीकरण र व्यवसायितकता तर्फ अगाडि बढाउनका लागि आलु पकेट क्षेत्र निर्धारण गरेका थियौं नगर प्रमुख खनालले भन्नुभयाे, ‘पकेट क्षेत्रमा तीन वटा आलु ब्लक बनाएर सामूहिक र व्यक्तिगत रुपमा तीन सय रोपनी क्षेत्रफलमा आलु लगाइएकोमा उत्पादन पश्चात खन्न शुरु भएको हो ।’ आलुखेतीमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ महोत्सवलाई प्रथामिकता दिएको हो उहाँले भन्नुभयाे ।नगरपालिकाले आलु खेतीका लागि ५० प्रतिशत अनुदानमा आलुको बीउ, आवश्यक कीटनाशक औषधि तथा तालीम दिएको थियो । दुई दिनसम्म चल्ने महोत्सवमा आलुका विभिन्न परिकारको प्रदर्शनी, आलुका परिकार बनाउने सीपका बारेमा जानकारी गराइने तयारी भएको भिरकोट–५ का वडाध्यक्ष यामप्रसाद अधिकारीले जानकारी दिनुभयाे । स्वादका दृष्टिले र गुणस्तरियताका आधारमा यस ठाउँमा राम्रो आलु फल्ने गरेको छ अधिकारीले भन्नुभयाे, ‘आलु खेतीको सम्भावना, प्रचारप्रसारका साथै यहाँको किसानको हौसला बढाउनका लागि महोत्सवले राम्रो सन्देश दिने विश्वास लिएको छु ।’ आलुबाट १२ महिना आयत गर्न नपर्ने गरी यो महोत्सवले पुरा गर्ने विश्वास लिएका छौं उहाँले भन्नुभयाे ।
।
महोत्सवको तयारीका लागि विभिन्न उपसमिति बनाएर अगाडि बढिएको छ । करीब दुई सय कृषकले सामूहिक र व्यक्तिगत रुपमा ३ सय रोपनी क्षेत्रफलमा आलुखेती गरिएको आयोजक संस्था महिला जागरण बहुउद्येश्यीय सहकारी संस्थाकी अध्यक्ष देबी पाण्डेले बताउनु भयाे । अहिले सबै जना किसान खेतमै आलु खन्न व्यस्त भएको पाण्डेले बताउनु भयाे । यहाँ शुद्ध बीउ आलु र खानका लागि छुट्टाछुट्टै पकेट क्षेत्रमा आलु लगाइएको पाण्डेको भनाई छ । यस क्षेत्रमा आलु धेरै मात्रामा उत्पादन हुने भएकाले आलुको खरीदबिक्री गर्न तथा आलुका विभिन्न परिकार बनाउनका लागि आयोजना गरिएको महोत्सवले थप हौसला जागेको छ । भीरकोटले नगरभित्रका आलुखेती हुने ठाउँलाई १२ पकेट क्षेत्रमा वर्गिकरण गरी व्यावसायिक उत्पादनमा जोड दिएको थियो । नगरपालिकाभित्रका किसानलाई आवश्यक पर्ने आलुका बीउ तथा बिक्रीका लागि आलु उत्पादन गर्ने उद्देश्यले नगरपालिकाले पकेट क्षेत्रमा ५० प्रतिशत अनुदानमा आलुको बीउ उपलब्ध गराएको नगरपालिकाका कृर्षि शाखा प्रमुख ज्योती न्यौपानेले जानकारी दिनुभयाे । नगरपालिकाले किसानलाई ‘जनकदेव’ र ‘कार्डिनल’ जातका आलुको बीउ अनुदानमा वितरण गरेको थियो । नगरपालिकाले उक्त ठाउँमा एकै जातको मकै र धान बाली लगाउने अभियान समेत थालेको छ ।
समाचार
थप सामाग्रीवालिङ क्याम्पस,स्ववियुको आयोजनामा तीज बिशेष कार्यक्रम सम्पन्न ।
३ दिन अगाडि
वालिङ : स्याङजाको वालिङमा रहेको वालिङ बहुमुखी क्याम्पस,स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा तीज बिशेष कार्यक्रम सम्पन्न भएको छ । क्याम्पसमा अध्ययनरत…