जिल्ला अस्पताल स्याङ्जामा बालरोग विशेषज्ञ सेवा
स्याङ्जा:
पुतलीबजार नगरपालिका ३ कुमालगाउँस्थित जिल्ला अस्पतालमा बालरोग विशेषज्ञ सेवा शुरु भएको छ । पाँच बर्षअघि बालरोग विशेषज्ञ डा. अमृत पोखरेलको सरुवा भएसंगै रोकिएको सेवा पुनः सुचारु भएको हो ।
ठुला अस्पतालबाट पाउने सेवा जिल्ला अस्पतालले दिने गरेपनि बालरोग विशेषज्ञको अभाबमा सेवा रोकिएको मेडिकल सुपरिटेन्डेन्ट डा. रुक्मिना अधिकारीले बताइन् ।
अस्पतालबाट बालरोग सेवा शुभारम्भ भएसंगै बालबालिका बिरामी भएर पोखरा लगायतका विभिन्न ठाउँमा जानुपर्ने बाध्यता हटेको छ । अस्पतालमा बालबालिकाहरुको चाप बढी हुने गरेको बताउदै डा. अधिकारीले बालरोग विशेषज्ञ सेवाले थप सहज भएको बताए ।
जिल्लाकै कन्सल्टेन्ट पेडियाट्रिसियन डा. विनोद गैरेलाई अस्पतालले आफ्नै स्रोतमा बाल रोग विशेषज्ञका नियुक्त गरेर सेवा सुरु गरेको हो ।
बालरोग बिशेषज्ञ सेवा सुरु भएसंगै अब २८ दिन सम्मका बच्चालाई एनआईसीयु, १४ बर्ष सम्मका बालबालिकाले पीआइएसीयु तथा वार्ड, ओपीडी सेवा पाउने डा. गैरेले बताए । बिद्यार्थीलाई बिद्यालय जान सहज होस भनेर बिहान ७ बजेबाट सेवा दिने तयारी छ ।
श्रोत साधन तथा दक्ष जनशक्तीको अभाबमा बिरामी नपुग्ने जिल्ला अस्पताल स्याङ्जा पछिल्लो क्रममा काचुली फेर्दै गएको छ । यहाँ २÷४ जना मात्र बिरामी पुग्ने गरेकोमा अहिले हरेक दिन ८० देखि दुई सय सम्म बिरामी अस्पताल पुग्ने गरेका छन् ।
यहाँ अहिले स्त्रीरोग बिशेषज्ञ सेवा, ल्याब, दन्तरोग बिशेषज्ञ सेवा, माइनर अपरेसन लगायतका सेवा पाउने गरिन्छ । यहाँ सोडियम पोटासियम टेस्ट, मृगौला उपचार सेवा, कलेजोको ब्याक्टोरिया कल्चर सेवा, मुटुको हर्ट एटेक्ट जाचँ, डिजिटल एक्सरे, भिडियो एक्सरे, इसिजी सेवा चौबिसै घण्टा पाइने गर्दछ ।
यहाँ एचआईभि सिडिफोर जाचँ सेवा, गर्भवती आमाबाट बच्चामा एचआईभी सर्न नदिने उपचार सेवा (पिएमटिसिटी) सेवा प्रदान हुने गरेको छ । २०५७ सालबाट स्थापना भएको १५ बेट सरकारी र १० बेड अस्पताल ब्यवस्थापन समितिको खर्चमा चलिरहेको छ ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


