गल्याङका महिलालाई व्यावसायिक बनाउन बाख्रा वितरण ।

वालिङ :
गल्याङमा महिलाहरुलाई व्यावसायिक बनाउन बाख्रा वितरण गरिएको छ । गल्याङ कृषि पशु उद्यमशीलता विकास परियोजना अन्तरगत दुई सय बीउ बाख्रा र ५६ वटा बीउ बोका वितरण गरिएको छ ।
‘भोकालाई एक छाक भोजन होइन,जीवन जीउने जुक्ति सिकाऔ’ भन्ने मूल मन्त्र सहित आर्थिक समृद्धिको लागि साझेदारी कार्यक्रम आयोजनामा गल्याङ कृषि पशु उद्यमशीलता विकास परियोजना अन्तरगत गल्याङ नगरपालिका को आर्थिक र हेफर प्रोजेक्ट नेपाल को प्राविधिक सहयोगमा सञ्चालित समुह सदश्यहरुको लागि बीउ बाख्रा÷ बोका÷बंगुर उपहार वितरण गरिएको हो ।
कार्यक्रममा बोल्दै गल्याङ नगरपालिका नगरप्रमुख गुरु प्रसाद भट्टराईले विपन्न घरपरिवारलाई आर्थिक अवस्थामा समृद्ध गराउने,महिला हरु लाई शसक्तिकरण गर्ने,कृषि र पशु उपजलाई बजारीकरण गर्ने साथै युवा उधमीहरुको विकास गर्ने र स्थानीय उत्पादनहरु लाई बजारीकरण गर्ने उद्देश्य का साथ गल्याङ कृषि पशु उद्यमशीलता विकास परियोजना गल्याङ नगरपालिका का ११ वटै वडाहरुमा सञ्चालन गरिएको जानकारी गराउनु भयो ।
उक्त परियोजना मा गल्याङ नगरपालिका भित्र का विभिन्न वडाहरुमा गरि जम्मा महिला समूह ४४ र युवा समूह ६ गरि १४०० महिलाहरु को सहभागी रहेका नगरप्रमुख भट्टराईले जानकारी गराउनुभयो ।

 

Facebook Comments Box
TOP