महिलालाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका ।
वालिङ :
स्याङ्जाको वालिङमा ‘कृषि विकास परियोजना’ सुरु भएको छ । वालिङका विपन्न र निम्न आय भएका परिवारलाई आयआर्जन गर्न लगाई गरिबी निवारण गर्ने उद्देश्यले परियोजना सुरु गरिएको वालिङ नगरपालिकाले जनाएको छ ।
कृषि र पशुका माध्यमबाट नगरवासीका आर्थिक स्तरमा सुधार ल्याउने गरी पालिकाले कार्यक्रम सुरु गरेको नगरप्रमुख दै कृष्ण खाणले जानकारी दिनुभयो ।
पालिकाले दीर्घकालीन योजना बनाएर काम सुरु गरेको भन्दै नगरप्रमुख खाँणले भन्नुभयो, “खाका बनाईअघि बढ्दैँछौ, हिजोभन्दा भोली केही फरक सकारात्मक परिवर्तन देखिनेमा विश्वस्त छौँ ।”
वालिङ नगरपालिका, हेफर प्रोजेक्ट नेपाल र दियालो संस्थाको सहकार्यमा परियोजना सुरु भएको हो ।
नगरका १४ वडा मध्ये पहिलो चरणमा ७ वडामा निम्न आय घर परिवार पहिचान गरी तत्काल काम अगाडि बढाइने हेफरका वरिष्ठ कार्यक्रम प्रबन्धक प्रेम साम्बयुले जानकारी दिनुभयो । विपन्न तथा न्यून आय भएका महिला तथा युवा लक्षित कार्यक्रम सञ्चालन हुने उहाँको भनाइ छ ।
परियोजनाले कृषि तथा पशु उद्यमअन्तर्गत महिला समूहमा काम गर्ने साथै कृषि उत्पादन र बजारीकरण, युवामा ऋण प्रवाह तथा फरक क्षमता भएका व्यक्तिहरूको आयआर्जनमा सघाउने प्रमुख प्रशासकीय अधिकृत तेजराज शर्माले जानकारी दिनुभयो ।
परियोजनाले बैङ्कसँगको सहकार्यमा सहुलियत कर्जा प्रवाहका लागि काम गर्ने छ । हेफरले परियोजनामा वालिङ नगरपालिकाको ७० प्रतिशत र हेफरको ३० प्रतिशत साझेदारी रहने पालिकाले जनाएको छ । हेफरले दियालोसँगको साझेदारीमा कार्यक्रम सञ्चालन गरेको हो । विगतदेखि कृषि र पशु व्यवसायमा संलग्न किसान र महिलाहरू उद्यमशीलतासँग जोड्दै आयआर्जन बढाउन सुलभ कर्जा पाउने भएपछि खुसी देखिएका छन् ।
परियोजना सञ्चालनका लागि नगरप्रमुख कृष्ण खाँणको संयोजकत्वमा समिति गठन भएको छ । समितिमा उपप्रमुख, वडाध्यक्ष, वडा जनप्रतिनिधि, विषयगत शाखा एवम् साझेदार संस्थाका प्रतिनिधि रहनुभएको छ । परियोजनाका २६ महिने अवधिका लागि तीन करोड ५० लाख रुपियाँको बजेट रहेको छ । सुलभ कर्जा प्रवाह गरिने र जुन रकम पछिसम्म पाँच करोडभन्दा बढी रहने बताइएको छ ।

समाचार
थप सामाग्री-
२३ वर्षपछि वालिङमा सशस्त्र प्रहरीको आफ्नै स्थायी संरचना बन्ने, जग्गा अधिग्रहण प्रक्रिया सुरु
-
चाडपर्वमा वालिङ प्रहरीको सक्रियता : लागूऔषध,अवैध समान,पटका सहित बिभिन्न व्यक्ति पक्राउ ।
-
सिद्धार्थ राजमार्गमा प्रहरीको अपरेसन: लागूऔषधसहित बागलुङका युवक वालिङमा पक्राउ
-
दुर्घटनामा श्रीमानश्रीमती कै मृत्यु : गुल्मी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो ।
-
प्रहरी चौकीको पुरानो ब्यानर हटाएर नयाँ राखियो
नेपाली कांग्रेस (देउवा समूह)को बिरुवा गाउँ सभापतिमा कुमार राना
३ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेस (देउवा समूह) को बिरुवा गाउँपालिकाको १५ औं नियमित महाधिवेशनले युवा नेता गणेशमान राना (कुमार ) को…


