स्याङ्जाको वालिङमा चालकले गरे सहचालकको हत्या ।

स्याङजा,१७ बैशाख :
स्याङ्जामा ट्याक्टर चालकले सहचालकको हत्या गरेकाछन् । वालिङ नगरपालिका–१३ मा बसेर मजदुरी गर्दै आएका दाङको राप्ती गाउँपालिका–३ का २० बर्षीय आयुष चौधरीको उनकै चालकले हत्या गरेका हुन् । लेनदेनको विषयमा विवाद हुँदा ३५ बर्षीय निम बहादुर घर्तीमगरले चौधरीलाई चक्कु प्रहार गरेका जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायव उपरीक्षक ईन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।
चक्कु प्रहारबाट घाईते भएका चौधरीको उपचारका क्रममा गह्रौं प्राथमिक अस्पताल वालिङमा मृत्यु भएको प्रहरीको भनाई छ ।
स्थानीय मुक्ति सारूको घरमा डेरा गरी बस्ने दुबै जनाको घर दाङको राप्ती गाउँपालिका–३ मा नै भएको प्रवक्ता रानाले बताउनु भयो ।
चक्कु प्रहार गर्ने निम बहादुर घर्तीमगरलाई प्रहरीले पक्राउ गरेको छ । घटना बारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
समाचार
थप सामाग्री-
महिलालाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका ।
-
सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश
-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित

वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
४ हप्ता अगाडि
वालिङ : वालिङ बहुमुखी क्याम्पस स्याङ्जाको स्ववियुमा निवार्चित पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरिएको छ । वालिङ बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी…