गण्डकीमा कोरोना संक्रमितको संख्या १६ हजार नजिक ।
स्याङजा : बिहीबार पोखराका ७ सहित बाग्लुङका एकजना गरी गण्डकीमा थप ८ जनामा कोरोना पुष्टि भएको छ।
प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा जारी विज्ञप्ति अनुसार आज गण्डकीका तीन जिल्ला कास्की, बाग्लुङ र नवलपुरका क्रमसः ६२ जना, २५ जना र १२ जनामा गरिएको परीक्षणमा जम्मा ८ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।
आज पुष्टि भएका ८ जना संगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १५ हजार ९ सय ९८ पुगेको छ । जसमा २३२ सक्रिय संक्रमित छन् ।
पछिल्लो २४ घन्टामा गण्डकीबाट २० जना कोरोनामुक्त भएका छन् । यो संगै, प्रदेशमा कोरोना मुक्त हुनेको संख्या १५ हजार ५ सय ६१ पुगेओ छ भने संक्रमणकै कारण गण्डकीमा अहिलेसम्म २०५ जनाले ज्यान गुमाईसकेका छन् ।
समाचार
थप सामाग्रीस्याङ्जाका पत्रकार शर्मालाई ‘प्रेस स्वतन्त्रता सेनानी’को सम्मान
१ हप्ता अगाडि
स्याङ्जा : नेपाल पत्रकार महासंघ स्याङ्जाका निवर्तमान अध्यक्ष ओमप्रकाश शर्मा सम्मानित हुनु भएको छ । नेपाल पत्रकार महासंघको २७ औं…