मंगलबार स्याङजाका ४ सहित गण्डकीमा थपिए १२२ जना संक्रमित, १३८ कोरोना मुक्त ।

coronavirus_pic_web

स्याङ्जा मंगलबार गण्डकी प्रदेशमा थप १२२ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालयद्वारा जारी गरेकाे विज्ञप्ति अनुसार ८ जिल्लाका १२२ जनामाे काराेना पुष्टी भएकाे हाे । जसमा कास्कीमा ९३, तनहुँमा ८, गोरखामा १, नवलपुरमा ११, स्याङ्जामा ४, पर्वतमा १, बाग्लुङमा ३, र म्याग्दीका १ जना रहेकाछन् ।

आज पुष्टि भएका संक्रमित संगै गण्डकीमा कोरोना संक्रमितको संख्या १२ हजार १ सय ८० पुगेको छ ।

यसैबीच मंगलबार गण्डकीबाट १३८ जना कोरोना मुक्त भएका छन् । यो संगै, कोरोनाबाट मुक्त हुनेको संख्या ७ हजार २ सय १० पुगेको छ । यस्तै प्रदेशमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको कूल संख्या १६० पुगेको छ ।

Facebook Comments Box
TOP