स्याङ्जाका ९ सहित गण्डकी प्रदेशमा आज मात्रै थपिए ७७ जना ।
खगीन्द्र पौडेल,
असार ४,स्याङ्जा :
गण्डकी प्रदेशमा स्याङ्जाका ९ जना सहित आज मात्रै ७७ जना संक्रमित थपिएकाछन् । यो सँगै गण्डकीमा संक्रमितको संख्या ३२४ पुगेको हो ।
थपिनेमा स्याङ्जाका ९ जना रहेकाछन् । जसमा आँधीखोला गाँउपालिकाका २ महिला सहित ४ जना र कालिगढडकी गाँउपालिकाका ५ जना रहेकाछन् ।
तयस्तै पर्बतका ४ जना तनहुँका ३ जना नवलपरासी सुस्ता पूर्बका १३ जना र बाग्लुङका १ जना रहेकाछन् ।
उनीहरु सबै भारतबाट फर्किएका निर्देशनालयले जनाएको छ ।
उनीहरु सबैलाई आईसोलेसनमा लैजाने तयारी भईरहेको गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक एबं प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रबक्ता बिनोद बिन्दु शर्माले जानकारी दिनुभयो ।
गण्डकी प्रदेशका कोरोना संक्रमित ३२४ मध्ये २२ जना निको भएर घर फर्किएकाछन् भने १ जनाको निधन भईसकको छ ।
- स्याङ्जामा थपिए ९ जना संक्रमित,सङ्क्रमितको संख्या ७३ पुगे |
- गण्डकीमा थप ४२ जनामा सङ्क्रमण पुष्टि, सङ्क्रमित २८९ पुगे,कर्मचारीमा पनि भेटियो संक्रमण ।
- पर्बतमा थपिए ५ जना संक्रमित, गण्डकी प्रदेशमा सङ्क्रमित २९४ पुगे
.

समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


