गण्डकीमा थप ४२ जनामा सङ्क्रमण पुष्टि, सङ्क्रमित २८९ पुगे,कर्मचारीमा पनि भेटियो संक्रमण ।
स्याङ्जा :
गण्डकी प्रदेशमा आज एकै पटक ४२ जना कोरोना सङ्क्रमित थपिएका छन । गण्डकी प्रदेशमा ४२ जना पुरुषमा सङ्क्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । यो सँगै गण्डकीमा संक्रमितको संख्या २८९ पुगेको हो ।
थपिनेमा ४ जिल्लाका ४१ जना पुरुष र १ महिला रहेकाछन् । उनीहरु मध्ये ४१ जना भारतबाट आई क्वारेन्टीनमा बसिरहेका र मनाङमा भेटिएका संक्रमित कपिलबस्तुबाट आएको निर्देशनालयले जनाएको छ । उनी कर्मचारीहुन् र स्थायी ठेगाना कपिलबस्तु हो । यो सँगै मनाङमा पहिलो पटक कोरोना संक्रमण देखिएको छ ।
आज थपिनेमा सबैभन्दा धेरै नवलपरासी बर्दघाट सुस्तापूर्बका रहेकाछन् । जहाँ १८ जना थपिएकाछन् भने गोरखामा १ महिला सहित ११ जना थपिएकाछन्, तनहुँमा १२ जना थपिएकाहुन् ।
नवलपरासीको मध्यबिन्दु नगरपालिकाका १७ जना पुरुष र गैडाकोट नगरपालिकाका १ जना पुरुष संक्रमित पुष्टी भएकाछन् ।
तनहुँको ऋषिङ गाँउपालिकाका ७ जना पुरुष,भानु नगरपालिकाका ४ जना र शुक्लागण्डकीमा १ जना गरी १२ जना पुरुषमा संक्रमण पुष्टी भएको हो ।
त्यस्तै गोरखाको पालुङटार नगरपालिकामा १ महिला सहित ७ जना र शहिद लखन गाँउपालिकाका ४ जनामा संक्रमण पुष्टी भएको हो ।
उनीहरु सबैलाई आईसोलेसनमा लैजाने तयारी भईरहेको गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक एबं प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रबक्ता बिनोद बिन्दु शर्माले जानकारी दिनुभयो ।
गण्डकी प्रदेशका कोरोना संक्रमित २८९ मध्ये २२ जना निको भएर घर फर्किएकाछन् भने १ जनाको निधन भईसकको छ ।
.

समाचार
थप सामाग्री
उत्कृष्ट मावि सम्मानबाट वालिङकाे आदर्श मावि सम्मानित
२ महिना अगाडि
काठमाडौं : स्याङ्जाको वालिङ–८, भीमटारीस्थित श्री नेपाल आदर्श माध्यमिक विद्यालय राष्ट्रिय स्तरको “उत्कृष्ट माध्यमिक विद्यालय सम्मान–२०८३” बाट सम्मानित भएको छ।…


